बिर्तामोड । पाहुना टोली हङकङ नेप्लिज एकाडेमीलाई १–० गोलले पराजित गर्दै आयोजक झापा ११ अन्तिम चारमा प्रवेश गरेको छ ।
झापाका लागि कप्तान कर्ण लिम्बू नायक बने । उनले खेलको ४१ औं मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ दी म्याच झापा ११ का निशान्त खड्का घोषित हुँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।
मंगलबारको खेल शसस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिका सचिवालय संयोजक गजेन्द्र पौडेलले जानकारी दिए ।