इटहरी/ तरहराका चारसय किशोरीहरूले आत्मरक्षा तालिम लिएका छन् । पछिल्लो समयमा महिला तथा किशोरीमाथि विभिन्न खालका हिंसात्मक घटना भइरहेको भन्दै तरहरा जेसीजले न्यूनीकरणका लागि किशोरीलाई आत्मरक्षक तालिम दिइएको हो ।
आत्मरक्षा तालिममा सहभागी किशोरी प्रतिकार गर्ने सीप सिकाइएको थियो । ‘किशोरीलाई समस्या परेका बेला कसरी प्रतिकार गर्ने, भन्ने उद्देश्यका साथ हामीले तालिम सञ्चालन गरेका हौं ।’– आयोजक संस्था तरहरा जेसिजका अध्यक्ष विकास गिरीले भने । तालिममा तरहरा क्षेत्रका सामुदायिक विद्यालयतर्फ ३ र निजीका १७ विद्यालयका कक्षा ९ देखि १२ सम्मका छात्राहरू सहभागी थिए ।
तालिममा किशोरीलाई कसैले बलात्कार गर्न खोजेमा बच्ने उपायका बारेमा सिकाइएको अध्यक्ष गिरीले बताए । पछिल्लो समयमा बलात्कारको घट्ना बढि रहेको भन्दै श्रमिक महिला दिवसको दिन पारेर पूर्वमै पहिलो पटक कार्यक्रम गरीएको कार्यक्रम संयोजक सन्तोष कटुवालले बताए । उनीहरूलाई प्रशिक्षक सन्तोष आचार्य र मुकेश यादवले प्रशिक्षण दिएका छन् ।