धरान/ सामाजिक सञ्जालमा कामुक तस्बिर पोष्ट गरेर सधै समाचारको हेडलाइन बन्ने नायिका उर्वशी रौतेला फेरि एक पटक समाचारको हेडलाइन बनेकी छन् ।
हालै समाजिक सञ्जाल इन्स्टाग्राममा निकै नै बोल्ड तस्बिर पोष्ट गरेका कारण उनी चर्चित बनेकी हुन् । मोडलिङ क्षेत्रबाट बलिउडमा डेब्यु मारेकी उर्वशी सामाजिक सञ्जालसँगै चक्की पाण्डेका नाती आहान पाण्डेसँगको सम्बन्धका कारण पनि चर्चाको शिखरमा थिइन् । उनी आफ्नो पब्लिसिटीका लागि सामाजिक सञ्जालमा ‘स्टण्ट’ गर्ने बताइन्छ । पछिल्लो पटक उनी फिल्मफेयर अवार्डमा सहभागी बनेकी थिइन् । सेक्सी लुकमा देखिएकी उर्वशीले मिडियाका सामू निकै बेर तस्बिर खिचिन् ।
उर्वशी २५ वर्षमा टेकेकी छन् । त्यसक्रममा उनले क्यानेडियन पप गायक जस्टिन बिवरसँग तस्बिर खिचेकी छन् । उनले जस्टिनलाई धन्यवाद पनि दिइकी छन् । उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘जस्टिन बिवर धेरै–धेरै धन्यवाद, जन्मदिनको सबैभन्दा उत्कृष्ट उपहार । मेरो जिन्दगीमा सबैभन्दा उत्कृष्ट रात । ईश्वर तिम्रो र मेरो सबैभन्दा मनपराइएको जस्टिन बिवरलाई धन्यवाद । मलाई लागिरहेको छ कि म चाँडै नै वेहोस हुन लाग्दैछु ।’ यसबाट पनि उनी जस्टिनको सबैभन्दा ठूलो फ्यान रहेको बताइन्छ ।