धरान/ देशकै ठूलो सौन्दर्य प्रतियोगिता मिस नेपालको २५ औं संस्करणको लागि चैत ५मा धरान अडिसन हुने भएको छ ।
मिस नेपालको लागि प्रतियोगीहरु छनौट गर्न आयोजक हिडन ट्रेजरले धरानको होटल गजुर प्यालेसमा अडिसन गर्ने भएको हो ।
प्लस २ पास युवतीहरुले भाग लिन पाउने मिस नेपाल २०१९ को अडिसन अघि धरान र इटहरीको कलेजहरुमा मिस नेपाल २०१८ सहित कलेज एक्टिभेशन कार्यक्रम गरिने बताइएको छ ।
चैत्र ४ गते मिस नेपाल तथा सौन्दर्य प्रतियोगिता र यसबाट लिन सकिने फाइदाको बारेमा निशुल्क कक्षा समेत दिईने हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले बताए । सोहि दिन निशुल्क फारम भरेर अडिसन दिन सकिने आयोजकले जनाएको छ ।