धरान/ खोटाङकी ममता राई पछिल्लो समय साङ्गीतिक क्षेत्रमा सङ्घर्ष गरिरहेकी छन् । 
 
उनले केही समयअघि गायक राजेशपायल राईसँग गाएको गीत ‘फूलै राखी हातैमा’ श्रोताहरूले मन पराएका थिए । उनले गाएका ‘लेकमा फूल्ने लालीगुराँस’, ‘शिरै फूल मेरो’ लगायतका गीतले पनि दर्शकको मन छोए । उनले लोक, आधुनिकसँगै राई जातिको संस्कृति साकेला गीत पनि गाएकी छन् ।
 
केही वर्षअघि आफ्नै नाममा ‘ममता’ एल्बम् बजारमा ल्याएकी उनले पूर्वका धेरै ठाउँमा साङ्गीतिक प्रस्तुति दिएकी छन् । पहिलो एल्बम्ले साङ्गीतिक क्षेत्रमा परिचय बनाउन सहयोग गरेपछि उनी उत्साहित छिन् । साङ्गीतिक क्षेत्रमा निरन्तरता दिने क्रममा उनले ‘ममता २’ एल्बम् पनि सार्वजनिक गरिसकेकी छन् ।
 
उनले आफूले गाएका केही गीतका म्युजिक भिडियोहरूमा आफै मोडलिङ पनि गरेकी छन् । ममता गायनसँगै मोडलिङलाई पनि निरन्तरता दिन चाहन्छिन् । उनी भन्छिन्, ‘गायन र मोडलिङ दुवैमा चिनिन सङ्घर्ष गरिरहेकी छु ।’