धरान/ बलिउड अभिनेत्री प्रियङ्का चोपडा विश्वभरमा मनोरञ्जन क्षेत्रमा उत्कृष्ट ५० मा सूचीकृत भएपछि उनको चर्चा चुलिएको छ ।
 
उनलाई ‘युएस ट्रेड’ ले मनोरञ्जन क्षेत्रका ‘शक्तिशाली ५० महिला’ को सूचीमा समावेश गरेपछि अन्तर्राष्ट्रिय मनोरञ्जन बजारमा चर्चाको विषय बनेकी हुन् ।
 
बलिउडमा जमेकी प्रियङ्का केही समयदेखि हलिउडमा पनि चर्चा कमाइरहेकी छन् । अमेरिकी टिभी शृङ्खला ‘क्वान्टिको’ बाट अन्तर्राट्रिय बजारमा परिचय बनाएकी प्रियङ्काले फिल्म ‘बेवाच’ बाट हलिउडमा डेब्यू गरेकी थिइन् ।
 
सूचीमा प्रियङ्कासँगै चर्चित अभिनेत्री ओपरा बिन्फ्रे, मेरिल स्ट्रीप, गायिका बियोन्स, टेलिभिजन स्टार इलन डिजेनेर्स, ओस्कार विजेता जेनिफर लवरेन्स पनि समावेश छन् । सूचीमा समावेश हुन पाउँदा आफूलाई सम्मानित महसुस भएको प्रियङ्काले प्रतिक्रिया दिएकी छन् । प्रियङ्काका पति निक जोनस पनि केही दिनअघि विश्वकै गायकमध्ये पहिलो नम्बरमा परेका थिए ।