मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा रहेको मदर मधुमल्ला अङ्ग्रेजी माविले आफ्ना विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि गएको आइतबार निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
शिविरमा ४ सय ७५ जना छात्रछात्रालाई निःशुल्क सेवा दिइएको थियो । शिविरमा चस्मा लगाउने अवस्था देखिएका १७ जना विद्यार्थी लाई निःशुल्क चस्मा वितरण गरिएको र आँखामा अधिक समस्या देखिएका २१ जना विद्यार्थीलाई मेची आँखा अस्पतालमै उपचारका लागि बोलाइएको ब्लाष्ट किड्स मदर मधुमल्लाकी अध्यक्ष नलिना बास्तोलाले बताइन् । कार्यक्रम मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।