मधुमल्ला (ब्लाष्ट) मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित जलेश्वरी अङ्ग्रेजी बोर्डिङ स्कुलको नवौं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
बुधबार मिक्लाजुङ–३ जलुकेनीस्थित विद्यालयपरिसरमा सांस्कृतिक कार्यक्रमसहित नवौं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय सदस्य लेखनाथ भट्टराईले संस्थागत विद्यालयहरू गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । राष्ट्रियरूपमा पनि संस्थागत विद्यालयहरूको नतिजा राम्रो रहेकाले देशको समग्र विकासमा संस्थागत विद्यालयको शैक्षिक प्रमुख भूमिका रहेको उनले दोहो¥याए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन प्रदेश नं. १ का भूवन श्रेष्ठ, मोरङ प्याब्सन उपाध्यक्ष सुवास राई, प्याब्सन युनिट मिक्लाजुङका अध्यक्ष विकास गुरुङलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा मिक्लाजुङ क्षेत्रका करिब दुई दर्जन बढी सङ्घ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अभिभावकहरूलाई हण्डीफोरका साथै अभिभावक तथा विद्यार्थीहरूबाट नृत्य प्रस्तुुत गरिएकोे थियो । २०६६ सालमा स्थापित विद्यालयमा कक्षा १ देखि ५ सम्म १ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका प्रिन्सिपल उमेश लुइटेलले बताए ।मधुमल्ला (ब्लाष्ट) मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित जलेश्वरी अङ्ग्रेजी बोर्डिङ स्कुलको नवौं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
बुधबार मिक्लाजुङ–३ जलुकेनीस्थित विद्यालयपरिसरमा सांस्कृतिक कार्यक्रमसहित नवौं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय सदस्य लेखनाथ भट्टराईले संस्थागत विद्यालयहरू गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । राष्ट्रियरूपमा पनि संस्थागत विद्यालयहरूको नतिजा राम्रो रहेकाले देशको समग्र विकासमा संस्थागत विद्यालयको शैक्षिक प्रमुख भूमिका रहेको उनले दोहो¥याए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन प्रदेश नं. १ का भूवन श्रेष्ठ, मोरङ प्याब्सन उपाध्यक्ष सुवास राई, प्याब्सन युनिट मिक्लाजुङका अध्यक्ष विकास गुरुङलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा मिक्लाजुङ क्षेत्रका करिब दुई दर्जन बढी सङ्घ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अभिभावकहरूलाई हण्डीफोरका साथै अभिभावक तथा विद्यार्थीहरूबाट नृत्य प्रस्तुुत गरिएकोे थियो । २०६६ सालमा स्थापित विद्यालयमा कक्षा १ देखि ५ सम्म १ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका प्रिन्सिपल उमेश लुइटेलले बताए ।