सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत विहिबारको दिन सप्तरी, सिरहा लगायत केही जिल्लामा एसईई परीक्षा सुरु हुनुअगावै विज्ञान विषयको प्रश्नपत्र आउट भएको छ ।
परीक्षा सुरु हुनुभन्दा अगावै प्रश्नपत्र आउट भएको पुष्टि भएका कारण प्रदेश नं. २ को विज्ञान विषयको परीक्षा रद्द गर्ने निर्णय भएको शिक्षा विकास निर्देशनालय प्रदेश नं. २ जनकपुर धामका निर्देशक रामाकान्त शर्माले बताएका छन् ।
सिरहाबाट प्रश्नपत्र आउट भएको हल्ला चलेपनि प्रमाणित हुन नसकेको र सिरहाको कुनै केन्द्रबाट आउट नभएको र यसबाट सिरहा जिल्लाको परीक्षामा कुनै किसिमको असर नपरेको जिल्ला शिक्षा समन्वय इकाई सिरहाका प्रमुख दोलराज पाण्डेले बताए ।
यस्तै परीक्षाको मर्यादा बिपरित कार्य गरेको भन्दै परिक्षा अनुगमन टोलीले सिरहाको लहान नगरपालिका स्थित पशुपति माविबाट ५ र ब्रहमान गोरछारीबाट ५ जना गरी १० जना परिक्षार्थीको परीक्षा रद्द गरिएको पाण्डेले बताएकाछन । त्यसै गरि प्रेदश २ बाट कुल ७२ हजार ४९ परक्षार्थी सहभागी भएका थिए । सबै जिल्लामा केन्द्राध्यक्ष समेत तोकिसकेको निर्देशनालयले जनाएको छ ।
प्रदेश २ का आठ जिल्लामा कूल २ सय ६३ केन्द्राध्यक्ष रहेका थिए । सहायक केन्द्राध्यक्ष भने ३ सय ४५ जना रहेका थिए् । यस्तै ३ हजार ४३६ जना निरीक्षा रहेका थिए । ५ सय ८६ जना सहायक निरीक्षक रहेका थिए । १ हजार २ सय ८१ जना सहयोगी समेत परीक्षामा परिचालन गरिएका थिए । त्यसै गरि चार सदस्यीय छानबिन समिति गठन गरेको छ । बोर्डका सदस्य अमुदा श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिनुभयो ।
समितिको सदस्यमा प्रदेश २ अन्तर्गतको क्षेत्रीय शिक्षा निर्देशनालयका प्रमुख रमाकान्त शर्मा, शिक्षा मन्त्रालयका उपसचिव रमेश मैनाली र बोर्डकै शाखा अधिकृत रमेश अधिकारी रहनु भएको छ । समितिले १५ दिनभित्र प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर बोर्डलाई प्रतिवेदन पेश गर्नेछ ।
सप्तरीमा अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बुधबार राती नै आउदो चैत्र २२ गते शुक्रबार हुने शिक्षा विकास निर्देशनालय प्रदेश नं. २ जनकपुरधामका निर्देशक रामाकान्त शर्माले बताए । अनिवार्य ६ वटा विषयका प्रश्नपत्र प्रदेश अनुसार फरक फरक बनाइएकाले प्रदेश २ मा मात्रै बिहीबारका लागि तय गरिएको परीक्षा चैत २२ गते सारिएको हो ।