मधुमल्ला । मोरङ मिक्लाजुङ ७ का शबिन थापा १३ बर्षकै उमेरमा चित्रकलाका शिल्पी बने । मधुमल्लास्थित रिलायन्स बोर्डिङमा कक्षा –६ मा अध्यनरत शबिन विध्यालय छुट्टी हुनासाथ चित्र कोर्नमै तल्लिन रहन्छन । भबिष्य मा ईन्जिनीयर बन्ने सपना बोकेका शबीन हातमा पेन्सिल लिएर ड्रेइङमा जोतिन्छन । उनी निकै मिहिनेत गरेर चित्र तयार पार्छन् ।

पेन्सिलमा मात्रै नभएर बिभिन्न रङमा पनि खेल्न सिपालु छन् । उनका सिर्जनामा अक्सर वाताबरण छुट्दैन । खोलानाला, हिमाल, पहाड र वन पर्यावरण का प्राकृतिक छटालाई झल्काउछन् । जनावर, देवीदेवता र चर्चित ब्यक्तिका चेहेरालाई दुरुस्तै उतार्छन् सविन । यी चित्रका पृष्ठभुमिमा पनि वातावरणीय प्रभाव छुट्दैनन् ।

किन त ? शबिन भन्छन् कलाकारलाई कला पारखीहरुले चित्रका कारण नभएर बिम्बले चिन्ने भएकाले त्यसो गरेको हुँ । सानै उमेर भएपनि उनमा चित्रकलाका हस्तीहरु बारे थोरबहुत ज्ञान रहेछ । एक वर्षअघि पूर्वी मोरङका नीजि विध्यालयहरुको संङगठन कोप्याब्सले जिल्ला स्तरीय चित्रकला प्रतिस्पर्धा आयोजना गर्यो, शबिन छुट्ने कुरै थिएन ।

विद्यालयले उनलाई नै सिफारिस गर्यो, जसै उनको सिर्जनाले वाहवाही पायो । प्रतियोगितामा दुई दर्जन सहभागीलाई उछिनेर शबिनले दोस्रोे उपाधि चुमे । हालै दमक नगरपालीका झापाले आयोजना प्रदेश स्तरीय बाल महोत्स्वब मा भएको चित्रकला प्रतियोगितामा त सय भन्दा बढी प्रतिस्प्रधीहरुलाई पछी पार्दै शबिनले प्रथम स्थान हासील गरे ।

हालसम्म दर्जन बढी प्रतियोगितामा भाग लिइसकेका शबिनले एकाध बाहेक सबै स्पर्धामा पुरस्कार थापेको सुनाए । भन्छन्, पुरस्कारको लागि भन्दापनि अरुलाई कला देखाउन पाँउदा खुशी लाग्छ । यस्तै, भर्खरै मात्र प्रदेश स्तरीय बाल महोत्स्वब मै नेपाल टेलीकमले आयोजना गरेको प्रदेश स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा पनि शबिनले नै उपाधि २० हजार हात पारे ।

शबीन प्रदेशका दुई दर्जन बढी विद्यालयका सहभागीभन्दा उनी नै अब्बल दरिए । यस्तै पुस्तकालय दिवसका अवसरमा लेखनाथ पुस्तकालय मधुमल्लाले आयोजना गरेको मिक्लाजुङ स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा पनि शबीनले नै उपाधि हात पारे । उनको सिर्जना देखेर धेरै जना चकित बनेको र उनी पढाई मा समेत सदै प्रथम हुुन्छन, शबीनकी आमा अन्जु थापाले भनिन् उच्च शिक्षापछि ललित कलाको कोर्ष लिन प्रेरित गर्छौ ।

यस्तै विद्यालयका साहायक प्रधानाध्यापक महाविर राई भन्छन् यसरी सविनले अवसर पाउँदै गएमा सविनले मिक्लजुङको नाम राष्ट्रिय स्तरमा समेत चिनाउन सफल हुने राई बताउछन ।