पथरी / मोरङ सुनबर्सी नगरपालिका – २, स्थित अमरदहमा १ नम्बर प्रदेश स्तरीय ढल्के जोवन गोल्डकप हुने भएको छ ।
अमरदह ढल्के जोवन युवा क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी गराएको हो । गोल्डकप बैशाख २१ गतेदेखि हुने भएको छ । गोल्डकपमा विजेता टिमले २ लाख ११ हजार र उपविजेताले १ लाख ५१ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र पाउँने क्लवका अध्यक्ष प्रताप तामाङले वताए । अमरदहको वीरेन्द्र सार्वजनिक माध्यमिक बिद्यालयमा हुँने ढल्के जोवन गोल्डकप प्रतियोगिता पूर्वको १६ टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता सफल बनाउन सुनवर्सी नगरपालिकाले २ लाख र वडा नं. २ ले २ लाख ८० हजार रुपैया दिने भएको छ । खेलको लागी स्थानीय संघ–संस्थाको सहयोगमा कुल १५ लाख रुपैया खर्च हुने क्लवका अध्यक्ष तामाङले पत्रकार सम्मेलनमा वताए ।
३० वर्ष भन्दा माथिका उमेर भएका खेलाडीहरुलाई मात्र खेलमा सहभागि हुने पाउने प्रावधान रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ ,प्रत्येक दिनको म्यान अफ द म्याच हँुनेलाई १५ सय रुपैयाँ सहित ट्रफी प्रदान गरिने आयोजकले बताएका छन् ।