बिर्तामोड । अर्जुनधारा नगरपालिकाको चौथो नगरसभा शुरु भएको छ । मङ्गलबार शुरु चौथो नगरसभाले अन्तराष्ट्रिय स्वर्ण पदक विजेता तीन खेलाडीसहित चार जनालाई सम्मानित गरेको छ ।
तेक्वान्दो खेलमार्फत् अन्तर्र्राष्ट्रिय पदक विजेता अर्जुनधारा नगरपालिकाले नगदसहित सम्मान गरेको हो । चीनमा सम्पन्न द वल्र्ड हिरो कपमा सहभागी अर्जुनधारा–९ का दीपेन धिमालले उमेर समूहमा स्वर्ण पदक जितेका थिए । त्यस्तै, २० वर्षीय धिमालले ५८ केजी तौल समूहअन्तर्गत सिनियरतर्फ स्वर्ण पदक हात पारेका थिए । उनलाई नगरपालिकाले नगद २५ हजारसहित प्रशंसा–पत्र प्रदान ग¥यो । द वल्र्ड हिरो कपमै ४२ केजी तौल समूहतर्फ सहभागी एन्किला राईले पनि स्वर्ण जितेकी थिइन् ।
अर्जुनधारा–९ की एन्किलालाई पनि नगद २५ हजार प्रदान गरिएको छ । त्यस्तै, ४२ केजी तौल समूहबाट सहभागी अर्जुनधारा–९ का विवेक गिरीलाई पनि नगदसहित प्रशंसा–पत्र प्रदान गरिएको थियो । त्यस्तै, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट चरणमा स्वर्ण पदक विजेता अर्जुनधारा–५ का अरुण डाँगीलाई पनि नगदसहित प्रशंसापत्र प्रदान गरियो ।
खोटाङको दिक्तेलमा सम्पन्न १ नम्बर प्रदेशस्तरीय प्रतियोगितामा डाँगीले ५४ केजी तौल समूहबाट प्रतिस्पर्धा गरेका थिए । यसैबीच, स्वर्ण पदकधारी दीपेन धिमाललाई खेलको तयारीका लागि थप २५ हजार प्रदान गरिएको छ । प्रदेश सांसद् बृख प्रधान, नगर प्रमुख हरिकुमार राना, उप–प्रमुख कमला खतिवडा (आचार्य) ले नगद, दोसल्ला र प्रशंसा–पत्र प्रदान गरेका थिए । नगरसभामा कार्यपालिकाका निर्णयहरू पेश भएको र बुधबार पनि सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत भुर्तेलले जानकारी दिए ।