धरान / निजी विद्यालय सञ्चालक र स्टेशनरी व्यवसायी तथा किताव पसलेहरुबीच मिलेमतोमा अभिभावकहरुमा ठगी गरेको भन्दैं नेपाल विद्यार्थी संघले ध्यानाकर्षण गराएको छ ।
संघको धरानस्थित महेन्द्र बहुखुमी क्याम्पस इकाईले स्टेशनरी व्यावसायी संघ, धरानलाई ध्यानाकषर्ण गराउदैं विद्यालय, किताव पसलको सिण्डिकेट तोडन माग गरेका छन् ।
कार्वावाहक सभापति दोर्ची शेर्पाले विज्ञप्ति जारी गरि निजी विद्यालय सञ्चालक र किताव पसलहरुको मेलोपमोमा विद्यार्थीहरुलाई तोकिएको पसलमा किताव किन्न बाध्य नबनाउन भनिएको छ । सिण्डिकेट गरेर अभिभावक ठगी विरुध संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । अभिभावकहरुलाई पायक पर्ने चिनेको जुनसुकै पसलमा किन्न सक्ने वातावरण विद्यालय तथा किताव पसलहरुले व्यवस्थापन नगरेर विद्यार्थीहरुको हितमा जस्तोसुकै आन्दोलन संघले गर्ने चेतावनी दिएको छ ।