सुनसरी (ब्लाष्ट) ब्लाष्ट टाइम्स दैनिकका सञ्चालक तथा जेनेरल मेनेजर सुनिल अधिकारीलाई इटहरी कोसी सेन्ट जेम्स विद्यालयले सम्मान गरेकोे छ ।

मिडिया सञ्चालन गरी समाजका विषय वस्तुलाई जनता सामु पु¥याउन महत्वपूर्ण योगदान गरेको भन्दै अधिकारी र पत्रकारिताको क्षेत्रमा योगदान गरेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कालाई विद्यालयले जनही नगद ५ हजार एक सय रुपैयाँ सहित समान गरेको हो ।

विद्यालयको २२ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा सो सम्मान गरिएको हो । दुवै जनालाई कोशी कलेज तथा विद्यालयका कार्यकारी प्रमुख शशी श्रेष्ठ, अध्यक्ष मनु मञ्जील, प्रिन्सिपल रामकुमार कालाखेती लगायतले सम्मान गरे ।

विद्यालयको वार्षिक उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष मनु मञ्जिलले विद्यार्थी तथा अभिभावकलाई कुनै पनि बहानामा झुक्याउन नपाइने भन्दै आधुनिक र व्यवहारिक शिक्षामा जोड दिए । यसै गरी कार्यकारी प्रमुख शशी श्रेष्ठले विद्यालय तथा कलेजलाई आधुनिक प्रविधि र भौतिक पूर्वाधारमा विकास गर्दै लगिएको बताए ।

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा गौतमले शुभकामना मन्तव्य राख्दै इटहरीको शैक्षिक विकासमा नीजी क्षेत्रबाट गरिएको लगानीलाई संरक्षण गर्ने बताइन् । ‘अन्त के हुन्छ थाहा छैन’ उपमयेर गौतमले भनिन् ‘इटहरीको शिक्षामा निजी क्षेत्रबाट गरिएको लगानीलाई उपमहानगरले सदैव संरक्षण गरेर साझा सम्पती बनाउने छ ।’

प्रिन्सिपल रामकुमार कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावकको तर्फबाट बोल्दै उमेश भण्डारीले कोशी कलेज तथा विद्यालयले शैक्षिक सुधारमा महत्वपूर्ण योगदान गरेको भन्दै अन्य विद्यालयले पनि यहाँको सिको गर्नु सह्रानीय भएको बताए । कार्यक्रममा हिसास सुनसरी अध्यक्ष मुकुन्द घिमिरे, कोशी कलेजका प्राचार्य अनन्तकुमार सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए । वार्षिक उत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य तथा प्रतिभा प्रस्तुत गरेका थिए । सोही अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा इटहरीमा मात्र नभएर इटहरी बाहिरबाट पनि कोशी कलेज तथा विद्यार्थी अध्यापनका लागि आउने गरेको कार्यकारी प्रमख शशी श्रेष्ठले बताए । हामीले २०५३ मा कोसी सेन्ट जेम्स मावि शुरु भएको हो । विद्यालय तथा कलेजमा देशमा ख्यातिप्राप्त सङ्गीतकार, कवि, लेखक, बैंकर, कलाकार, बैज्ञानिक, प्राध्यापक आदिलाई निमन्त्रणा गरेर विद्यार्थीहरुसित अन्तरक्रिया गराउँदै आएको पनि कार्यकारी प्रमुख श्रेष्ठले बताए ।