धरान । धरान–१५ को चिल्ड्रेन हाउस मन्टेश्वरीले दशौं अभिभावक दिवसको अवसरमा विद्यार्थीहरूलाई बिहीबार दीक्षित गरेको छ ।

‘प्रेप टु’ का १२ विद्यार्थी दीक्षित भए । प्रेप टु कक्षा १ भन्दा मुनीको कक्षा मानिन्छ । दीक्षित विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाण–पत्र प्रदान गरिएको मन्टेश्वरीकी प्रिन्सिपल पावर्ती तुम्बाहाम्फेले जानकारी दिइन् । तुम्बाहाम्फेले यो वर्षदेखि मन्टेश्वरी पद्दतिमै ‘इलेमेन्ट्री कक्षा’ सञ्चालन गर्न लागेको छ । कक्षा १ लाई नै मन्टेश्वरी पद्दतिमा ‘इलेमेन्ट्री’ भनिन्छ । उनका अनुसार यो शैक्षिक शत्रदेखि नै इलेमेन्ट्री कक्षा प्रारम्भ गर्न लागेको हो ।

यसअघि प्रेप टु अर्थात् यूकेजीसम्म मात्रै अध्ययन हुँदै आएको थियो । मन्टेश्वरीमा हाल सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । यसक्रममा कक्षागत रूपमा प्रथम, दोस्रो आउने विद्यार्थीहरूलाई पनि प्रमाण–पत्र प्रदान गरिएको थियो । विद्यार्थीहरूले नेपाली, हिन्दी तथा अङ्ग्रेजी भाषाको गीतमा नृत्य तथा फेशन शाे प्रस्तुत गर्दै अभिभावकलाई मनोरञ्जन दिलाए । मन्टेश्वरी पद्दति प्रयोगात्मक शिक्षाको रूपमा लिइन्छ ।

२०६६ सालदेखि सञ्चालित मन्टेश्वरीले दक्ष जनशक्तिसमेत उत्पादन गर्दै आइरहेको छ । ६ वर्षभन्दा मुनीका बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर अध्ययन गराउँदै आएको प्रिन्सिपल तुम्बाहाम्फेले बताइन् । यही उमेर बालबालिकाको लागि मानव विकासको पहिलो तह मानिन्छ ।