मधुमल्ला / मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ रमितेखोलामा रहेको टाँडी माध्यमिक विद्यालयले आफ्नो ५९ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
गत बिहिबार मिक्लाजुङ गाउँपालिका वडा नं. १ रमितेखोला स्थित बिद्यालय परिसरमा बिभिध कार्यक्रम सहित ५९ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेका हो । कार्यक्रमका बिसिष्ट अतिथीको रुपमा रहेका विद्यालयका स्यामालक्ष्मी अक्षय कोषका संरक्षक सुवास राईले विद्यालयहरुको गुणस्तर सुधार गदै लैजानुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गदै मिक्लाजुङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष नरबहादुर राई (जिवन)ले मिक्लाजुङ गाउँपालिका भित्रको वडा नं. १ पर्यटकीय रुपमा नमुना वडाको रुपमा अगाडी बढाउने योजना रहेको र नमुना वडा मा रहेको एक मात्र माध्यमिक विद्यालय टाँडी माविलाई मिक्लाजुङकै नमुना मावि बनाउने प्रतिबद्धता व्यक्त गरे । अभिभावक दिवसको अवसरमा बिविध खेलकुद कार्यक्रम समेत गरिएको थियो । अभिभावकहरुको लागी ४० बर्ष मुनी र माथी गरी २ सय मिटर दौड , डोरी तान्ने , म्युजिकल चियरलगायतका खेल खेलाइएको थियो । त्यसैगरी कार्यक्रमा मम् फाउण्डेसन काठमाण्डौ , स्यामालक्ष्मी अक्षय कोष र डिल्लीमाया अक्षय कोषले बिििवध बिधामा बिद्यार्थी तथा शिक्षकहरुलाई नगद पुरस्कारले सम्मान गरेको थियो ।