धरान/ धरानको इलाका प्रहरी कार्यालयले नेपाल स्काउट सुनसरीका स्काउटरसँग छलफल गरेको छ ।
इप्रकाको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तरक्रिया गरिएको नेपाल स्काउट सुनसरीले जनाएको छ । इप्रका धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले स्काउटका प्रमुख तथा स्काउटका रोभररेञ्जरहरूलाई प्रशिक्षण गराए ।
यसक्रममा इप्रका धरानले गर्ने कामहरूको बारेमा पनि जानकारी गराइयो । कार्यक्रममा ३० जना स्काउटका रोभररेञ्जर र स्काउट प्रमुखहरू सहभागी थिए ।
इप्रकाका अपराध अनुसन्धान शाखा, महिला तथा बालबालिका शाखा, कानून शाखा, प्रशासन शाखा, आर्थिक लेखाशाखा, बन्दी थुनुवा राख्ने ठाउँ, हातहतियार भण्डार कक्षलगायत स्थानको जानकारीसहित अवलोकन गराइएको छ । प्रहरीमार्फत् थुप्रै कुरा जानकारी लिन पाएको नेपाल स्काउट सुनसरीका जिल्ला समन्वय आयुक्त लक्ष्मण राईले बताए ।
शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि प्रहरी विद्यालय कार्यक्रम अन्तर्गत अहिले इलाका प्रहरी कार्यालय धरानले विभिन्न विद्यालयहरूमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ । शिक्षा निकेतन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश राईले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई महत्वका दिनुपर्ने बताए ।
प्रहरीको कामलाई कुनै पनि संस्था तथा व्यक्तिले हस्तक्षेप गर्न नहुने वराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका प्रमुख प्रशासकीय अधिकृत गङ्गा कालिकोटले बताए । सबै आ–आफ्नो भूमिका तथा जिम्मेवारी गम्भीरताका साथ पूरा गर्नुपर्ने सहभागीले बताएका थिए ।