फिल्म ‘सानो मन’ को शीर्षगीत रिलिज भएको छ । रोहित जोन क्षेत्रीको स्वर, स्वप्निल शर्माको शब्द र सुयोग सोताङको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यसअघि फिल्मको ‘रानु कम्मर’ बोलको गीत रिलिज भइसकेको छ ।

सुयोग गुरुङको डेब्यु निर्देशनमा निर्माण भएको यस फिल्ममा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट, देवकुमार श्रेष्ठलगायतका कलाकारहरूको पनि यसमा अभिनय छ । फिल्म असार २० गते रिलिज हुँदैछ ।