धरान / महत्वपूर्ण विभागहरुमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमडी/एमएच कोटामा विदेशी विद्यार्थीहरुलाई बढि कोटा दिएको भन्दैं आज उपकुलपति र शिक्षाध्यषको कार्यालयमा तालाबन्दी गरिएको छ ।

प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको नेतृत्वमा उपकुलपति र शिक्षाध्यक्षको कार्यालय प्रवेशद्वारमै तालाबन्दी गरिएको सोसाईटीका सदस्य डा. मिलनजंग केशीले बताएका छन् । तालाबन्दी गरेर उनीहरु कार्यालयअगाडी धर्नामा बसेका छन् ।
गत शनिबार प्रतिष्ठानले स्नाकोत्तर तहको एमडि÷एमएसको प्रवेश परीक्षा लिएको थियो । राष्ट्रिय चिकित्सा शिक्षा आयोग निर्देशन विपरीत विदेशी विद्यार्थीलाई बढी कोटा छुट्याएको भन्दै उनीहरुले सच्चाउन ७२ घण्टे अल्टिमेटम दिएका थिए । अल्टिमेटमको सुनुवाई नभएपछि तालाबन्दी गरिउको हो ।
यता प्रतिष्ठान प्रशासनले भने ऐनले दिएको अधिकार भन्दा बाहिर नगएको बताउदें आएको छ । डेल्टल बाहेकको सिट संख्या १२३ मा २६ वटा विदेशी विद्यार्थीका लागि छुट्याएको प्रतिष्ठानले जनाएको छ । कुल सिट संस्था १५० मा डेन्टल विभागमा २७ जना नेपाली विद्यार्थीको लागि कोटा छुट्याएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार नेपाल मेडिकल काउन्स्लिबाट स्वीकृत भएको सीटलाई विभिन्न क्याटेगोरीमा शैक्षिक सत्र सुन २०१५ देखि नै पालना गदैं प्रवेश परीक्षा समिति र कार्यकारिणी समितिको निर्णय अनुसार सीट विभाजन गरि प्रवेश परीक्षाको नजिता निकालिएको प्रतिष्ठानले जनाएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन परिच्छेद ६ दफा १७ उपदफा ५ मा स्नातक तथा स्नाकोत्तर तहका लागि तोकिएको कुल सिट संख्या मध्य विदेशी विद्यार्थीहरुको संख्या एक तिहाई भन्दा बढी हुने छैन’ भन्ने प्रावधान बमोजिम प्रतिष्ठानले अझ कम सिट छ्ट्याएको प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले बताए ।
नियम अनुसार ४१ जनाले विदेशी कोटाबाट पढ्न पाउने हो तर नेपाली विद्यार्थीहरुको सूविधालाई ध्यानमा राखेर यस बर्ष २६ जनाको मात्र सिट छुट्याइएको उपकुलपति रौनियारले बताए । गत शैक्षिक शत्रमा २८ जनाले पाएका थिए ।
प्रतिष्ठानमा डिएम÷एमएचमा सिट संख्या बढ्दा एमडी÷एमएचमा केही संख्या घटेको प्रतिष्ठानले जनाएको छ । तर डिएम÷एमएचमा ८ वटा नेपाली विद्यार्थीका लागि सिट बढेको प्रतिष्ठानले जनाएको छ । नेपाली विद्यार्थीहरुको गत बर्ष भन्दा नेपाली विद्यार्थीहरुको सिट संस्था बढाइएको र चिकित्सा शिक्षा ऐनको पूर्ण परिपालन गरि नियमानुसार सिट निर्धारण गरिएको पतिष्ठानको दावी छ ।

जम्मा ३६ वटा विभागमा स्पोन्सर कोटामा नेपाली विद्यार्थीका लागि ४९ जनाका लागि सिट छुट्याइएको छ । ७५ जना खुल्लाबाट नेपाली विद्यार्थीका लागि सिट निर्धारण गरिएको छ । सर्जरीको ६ वटा कोटामा ४ जना विदेशीका लागि परेको छ । मेडिसिनको वटा कोटामा ३ जना विदेशी, अर्थोपेडिकमा ११ वटा कोटामा नेपालीलाई ९ वटा निर्धारण गरिएको छ । विदेशीका लागि फार्मकोलोजी १, एनेस्थेसिया ४, डर्माटोलोजी २, ग्याइनाकोलोजी २, इन्र्टन मेडिसिन ३, अर्थोपेडिक २, हेड एण्ड नेक सर्जरी २, पेडिएट्रिक ३, रेडियोलोजी १, सर्जरी र अन्य दुइै गरेर २६ वटा सिट विदेशीलाई छुट्याइएको छ ।