विराटनगर । यस वर्षको एसइइ परीक्षामा विराटनगर महानगरपालिका रहेको उच्च माध्यमिक विद्यालयहरूले उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको छ ।
विराटनगरमा रहेको निजी र अंग्रेजी माध्यमबाट पठनपाठन गराएको सामुदायिक विद्यालयहरूले उत्कृष्ट नतिजा ल्याएको स्कूलहरूले दाबी गरेका हुन् ।
परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजानिक गरेको यस वर्षको नतिजामा विराटनगर महानगरपालिका क्षेत्रमा रहेको निजी विद्यालयहरूले उत्कृष्ट नतिजा ल्याएको प्याब्सन विराटनगरको अध्यक्ष इन्द्र राईले बताए । विराटनगरस्थित मोर्डन एरा उच्च माविले ७३ जना विद्यार्थीले दिएको परीक्षामा ४५ जनाले ‘ए’ प्लस र २९ जनाले ‘ए’ ल्याएको स्कूलले जनाएको छ । स्कूलले देशभरीमा उत्कृष्ट नतिजा ल्याएको स्कूलका संस्थापक निर्देशक पनि रहेका राईले दाबी गरे ।
यस्तै विराटनगरस्थित सगरमाथा स्कूलबाट १ सय ८४ जनाले दिएको परीक्षामा १ सय जनाले ‘ए’ प्लस र ८४ जनाले ‘ए’ ल्याएर विद्यार्थीहरू उत्तिर्ण भएका स्कूलका प्रिन्सिपल त्रिलोचन गौतमले जानकारी दिए । एभरेष्ट स्कूलका दुई जना विद्यार्थीले ३.९५ जिपीए ल्याएर स्कूलले जनाएको छ । स्कूलका गौरवचन्द्र बराल र असिम नेपालले उत्कृष्ट नतिजा ल्याएको स्कूलले बताएको छ । १ सय ७४ जनाले दिएको परीक्षामा ७५ जनाले ‘ए’ प्लस, ७८ जनाले ‘ए’ र ११ जनाले ‘बी’ प्लस ल्याएको स्कूलका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए ।
यस्तै बाल कल्याण विद्या मन्दीर(बिकेभिएम)ले उत्कृष्ट नतिजा ल्याएको दाबि गरेको छ । सो स्कुलबाट १ जनाले छात्राले जिपिए ४ ल्याएकी छन् । विद्यालयका प्रिन्सिपल रबिन दाहालका अनुसार एसईईमा सहभागि २ सय ७१ विद्यार्थी मध्ये १ सय २७ जना विद्यार्थीले ‘ए’ प्लस ल्याएका छन् । ती मध्ये ८ जनाको जिपिए नम्बर ३.९ छ । त्यस्तै १३१ जना विद्यार्थीले ए र १३ जना विद्यार्थीले बी प्लस ग्रेट ल्याएका छन् ।
विराटनगरको सेन्ट जोसेफ स्कुलबाट सहभागि ९२ जना विद्यार्थी मध्य १६ जनाले ए प्लस ग्रेट ल्याएका छन् । विद्यालयका निर्देशक रोहित थपलियाका अनुसार ५९ जनाले ए ग्रेट ल्याएका छन् । त्यस्तै १४ जनाले बी प्लस र ३ जनाले बी ग्रेट ल्याएका छन् । यस्तै विराटनगरस्थित शिक्षादीप स्कूलबाट ३७ जना विद्यार्थीले दिएको परीक्षामा १० जनाले ‘ए’ प्लस र २७ जनलो ‘ए’ ल्याएर उत्तिण भएको स्कूलका प्रिन्सिपल ज्ञानबहादुर बस्नेतले बताए । उनका अनुसा सुदिप भगतले ३.८० जीपीए ल्याएको बताए ।
यस्तै ग्रेडेड स्कूलबाट ५३ जनाले दिएको परीक्षामा ४ जनाले ‘ए’ प्लस ३६ जनलो ‘ए’ र १३ जनाले ‘बी’ प्लस ल्याएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । यस्तै विराटनगरस्थित अरनिको स्कूलबाट ३ जनाले ए प्लस, २३ जनाले ए र २६ जनाले बी प्लस ल्याएर उत्तिर्ण भएको स्कूलका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।
यस्तै विराटनगरमा रहेको अर्किड, बुढानिकण्ड, डिएभी, नमुना विद्या मन्दिर, इडेन नेशनल, कन्तिपुर, भानु, पूर्वाञ्चल, गौतमबुद्धलगायतको स्कूलले उत्कृष्ट नतिजा ल्याएको स्कूलले जनाएको छ ।
सामुदायिकको पनि उत्कृष्ट नतिजा
विराटनगरस्थित रहेको पोखरीय उच्च माध्यमकि विद्यालयको विद्यार्थीहरूले एइइको परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन् । एलिना निरौला र अर्चाना पोखरेलले ३.९५ जीपीए ल्याएकी छिन् । स्कूलका प्रचार्य खेम भट्टराईका अनुसार १ सय २५ जनाले ‘ए’ प्लस, ९७ जनाले ‘ए’ ७५ जनाले ‘बि प्लस’, ८ जनाले ‘बी’ र ७ जनाले ‘सि’ ल्याएर उत्तिण भएका छन् । यस्तै विराटनगरमा रहेको सत्यनारयण र आदर्श उच्च माध्यमिक विद्यालयले पनि उत्कृष्ट नतिजा ल्याएको छ ।