विराटनगर /  विराटनगरस्थित नमस्कार होटलमा सोमबारदेखि १३ औं ‘सेप’ भारतीय शैक्षिक मेला २०१९ सुरु भएको छ । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा दुई दिने शैक्षिक मेला सुरु भएको हो ।
मेला मंगलबारसम्म लाग्ने भएको छ । पहिलो दिन ठूलो संख्यामा विद्यार्थीहरु आएर भारतको विभिन्न विश्व विद्यालयहरुको बारेमा जानकारी लिएका थिए । पहिलो दिन एक हजार बढीले मेला अवलोकन गरेका आयोजकले जनाएको छ । काठमाडौमा भव्य रुपमा शैक्षिक मेला सम्पन्न भए पछि विराटनगरमा भएकोे सेप इभेन्टस एण्ड मिडिया प्रा.लि. का निर्देशक संञ्जय थापाले बताए । शैक्षिक मेलामा भारतका नाम चलेका करिब ३० वटा विश्वविद्यालयसहित एक प्रतिनिधि मण्डलका सदस्यहरूको सहभागि रहेको छ ।
दुई दिनसम्म संचान हुने शैक्षिक मेलामा एसआरएम, भिआइटी, एमिटी, अमृता, जैन, किट शारदा जस्ता धेरै नाम चलेका शैक्षिक संस्थाका संचालकहरु मेलामा आएका छन् ।

Education Fair Namaskar hotel birtnag
‘सेप भारतीय शैक्षिक मेला’ भारतमा सबैभन्दा बढी रूचाएको शैक्षिक मेला रहेको जानकारी दिदै उनले पहिलो दिन सोचेभन्दा बढी विद्यार्थीको उपस्थीति भएको उनले बताए । ‘यो शैक्षिक मेला नेपालमा आयोजना हुने सबैभन्दा पुरानो शैक्षिक मेला हो, उनले भने, ‘हामीले नेपालमा विगत १३ वर्षदेखि लगातार नेपाली विद्यार्थी र अभिभावकप्रति गुणस्तरीय शिक्षाको बारेमा बुझाउन सफल भएका छौं ।’ दुई दिनसम्म चल्ने मेलामा करिब २ हजार विद्यार्थीको सहभागि हुने बताइएको छ ।
बाल गायक प्रितमलाई सम्मान
विराटनगर(ब्लाष्ट)÷ सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडले नेपालका बाल गायक प्रितम आचार्यलाई सम्मान गरेको छ ।
गीत संगीतको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सेप इभेन्ट एण्ड मिडियाका प्रालिले सोमबार १३ औं सेप भारतीय शैक्षिक मेलामा सम्मान गरेको हो ।
गायक आचार्यलाई प्रालिका निर्देशक संञ्जय थापाले कदर पत्र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सोही अवसरमा प्रितमलाई आयोजकले ल्याबटप पनि प्रदान गरेको थियो । बाल गायक आचार्यले चर्चित हिन्दी र नेपाली गीत प्रस्तुत गरि मनोरञ्जन प्रदान गरे । उनले प्रस्तुतीले शैक्षिक मेला संगीतमय बन्यो । रियालिटी शो ‘सारेगमप लिटल च्याम्स २०१९’ मा सेकेण्ड रनरअप पनि रहेका आचार्यले गीत प्रस्तुत गरिरहदा उनका शुभचिन्तकहरुले बान्समोर भन्दै चिच्याएका थिए ।