उर्लाबारी । निजी तथा आवासिय विद्यालयहरुको संगठन नगर प्याब्सन उर्लाबारीले नगर स्तरिय हिज्जे, एकल गायन र लोक नृत्य प्रतियोगिता संम्पन्न गरेको छ ।

संगठनको शैक्षिक क्यालेण्डर अनुसार नगरमा रहेका निजी बिद्यालयहरुका बिद्यार्र्थीहरुको क्षमतालाई प्रस्फुटन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको हो । नगर अध्यक्ष सुरेन्द्र सुवेदीको अध्यक्षता तथा उर्लाबारी नगरपालीकाका नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अ अलग–अलग बिधाका प्रतियोगीहरुलाई पुरस्कृत गरीएको थियो ।

यसरी प्रतियोगिताको मावि तहमा नृत्य तर्फ भृकुटी मोडल आमावि प्रथम तथा सप्तकोशी आमावि, विद्याज्योती ईङलिस बोर्डिङ स्कूल र पार्लेन्स ईन्टरनेशनल एकाडेमी रनर अफको उपाधी हात पारेका थिए ।

यसरीनै माध्यमिक तह अन्र्तगत नै भएको एकल गायन तर्फ झारसादीँ ईङलिस बोर्डिङ स्कूल प्रथम तथा पशुपति आमावि र पार्लेन्स ईन्टरनेशनल एकाडेमीले रनर अफको उपाधी जितेका थिए ।

यसैगरी आधारभुत तह अन्र्तगत भएको जुनियर नृत्य तर्फको प्रथम उपाधी पशुपति आमावि तथा रनर अफको उपाधी ओवल ल्याबोरोटोरी ईङलिस बोर्डिङ स्कूलले हात पारेका छन भने हिज्जे प्रतियोगितामा प्रथम स्थान सुनगाभा आमाविले चुमेको छ ।

सो हिज्जे प्रतियोगितामा हिमचुली सेकेण्डरी बोर्डिङ स्कूल, न्यूभिजन एकाडेमी, सप्तकोशी आमावि र पशुपति आमावि रनर अप भएका थिए । प्रतियोगितामा रनर अफ भएका बिद्यालयका बिद्यार्थीहरुले जिल्ला प्याब्सनले आयोजना गरेको प्रतियोगितामा सहमागी हुन पाउने नगर प्याब्सनका सचिव दिनेश पोख्रेलले बताएका छन ।

विद्यार्थीहरुलाई समय समयमा प्रतियोगितामा सहभागीतामा गराउदाँ क्षमता वृद्धि हुने प्याव्सनका केन्द्रिय सदस्य लेखनाथ भट्टराईले बताएका छन ।