Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • दुवै हात नभएकी सङ्घर्षशील सम्झना : ‘कसैको साथ पाए म पनि केही गर्न सक्छु ’

दुवै हात नभएकी सङ्घर्षशील सम्झना : ‘कसैको साथ पाए म पनि केही गर्न सक्छु ’

alt
  • भदौ २३, २०७६
  • रासस

दुवै हात नभएकी सम्झना राईले आइतबार दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा १२ को मौका परीक्षा दिइन् ।

खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी १९ वर्षीया सम्झना कक्षा १२ को नियमित परीक्षामा अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भएपछि मौका परीक्षा दिन दिक्तेल आएकी हुन् । मौका परीक्षा दिनका लागि दुई दिन लगाएर दिक्तेल आएकी सम्झनाले खोटाङ बजारस्थित भगवती दीनानाथ माविबाट नियमित परीक्षा दिएकी थिइन्। निम्न आर्थिकस्तरको परिवारमा दुवै हातविहीन जन्मनुभएकी सम्झनाले सानै उमेरदेखि नै कष्टपूर्ण ढङ्गले अध्ययन गर्दै आएकी थिइन् ।

अहिले आमासँगै मावलीघर सोही गाउँपालिका–६ मा पर्ने इन्द्रेणीपोखरी बस्दै आएकी सम्झना आफैँ कपडा लगाउन, फेर्न तथा खाना खान सक्दिनन् । कुमदेखि नै हातको नक्सासमेत नभएकी सम्झना खुट्टाकै भरमा सबै काम गर्छिन्। भगवती दीनानाथ माविका नियमित तथा जेहेन्दार विद्यार्थीका रूपमा रहेकी सम्झना खुट्टाले नै लेखेर कक्षा–१ देखि ११ कक्षासम्म उत्तीर्ण भएकी हुन् ।

दुवै हात नभए पनि आफू पढाइ–लेखाइमा साथीहरुभन्दा कम नभएको उनको भनाइ छ । घरबाट एक घण्टाभन्दा बढीको बाटो हिँडेर विद्यालय आवतजावत गर्नुपर्दा शुरु–शुरुमा विद्यालय छाडौँ जस्तो पनि लागेको उनले सुनाइन् । “विद्यालय टाढा भएकाले शुरु–शुरुमा पढाइ छाडौँ कि भन्ने लागेको थियो तर मनले मान्दै मानेन ।

जसरी भए पनि पढ्नैपर्छ भन्ने लागेर दुःखकष्ट गरिरहेकी छु”, उनले भनिन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा आएर मौका परीक्षा दिइसकेपछि रासससँग कुरा गर्दै उनले भनिन, “दाइ पनि मसँगै पढ्दै हुनुहुन्थ्यो तर अहिले छोड्नुभो, बुनुहरु पढ्दैछन् । शारीरिकरूपमा अशक्त भएकाले पनि मैले त झनै पढ्नैपर्छ भन्ने लागेर पढाइलाई निरन्तरता दिइरहेकी छु ।” घरायसी काममै अल्झिएका सम्झनाका बुबाआमाको इच्छा पनि छोरीलाई धेरै पढाउनु नै रहेको उनले सुनाइन् ।

“आजसम्म त सबैको साथ सहयोगबाट पढियो तर, अब.. ”, गला अवरुद्ध पार्दै बोली नसक्दै अड्किइन् । सम्झनाको अबको अध्ययन यात्रा निश्चित छैन तर सम्झनासँग लगनशीलता, धैर्य र आत्मबल देखिएको छ । “शारीरिक हिसाबले म जस्ता र मभन्दा कमजोर अवस्थाकाले पनि धेरै राम्रो र ठूलो काम गरेर नाम कमाएका छन्”, उन भनिन्, “मैले झमककुमारी घिमिरेलगायतका धेरै व्यक्ति शारीरिकरूपमा फरक भए पनि इतिहास लेख्न सफल बनेको देखेकी छु ।

उनीहरुले गरेको काममा म पनि केही न केही गरेर आफ्नो नाम लेखाउन सक्छु भन्ने लागेको छ ।” झमककुमारी घिमिरेलाई प्रत्यक्ष भेटेको उनले सुनाइन् । “धरानमा मैले उहाँलाई प्रत्येक्ष भेटेँ । उहाँले भेट्न बोलाउनुभएको रहेछ”, उनले भनिन्, “झमककुमारीबाट आफूले धेरै हौसला पाएकी छु ।

उहाँ त हिँड्न पनि सक्नुहुन्न रहेछ । उहाँले लेख्नुभएको ‘जीवन काँडा कि फूल’ पढेँ, साह्रै राम्रो लाग्यो, रोएँ पनि अनि धेरै कुरा बुझेँ पनि ।” झमकुमारीले लेख्नुभएको उक्त पुस्तकले आफूलाई जीवन र सङ्घर्ष भन्ने बुझ्न मद्दत गरेको सम्झनाको भनाइ छ । सबैको माया र साथ पाए आफू पनि देश र समाजका लागि केही न केही गर्ने अठोट आफूभित्र रहेको उनको भनाइ छ । सम्झनाको अध्ययन निरन्तर अघि बढोस् भनेर यसअघि विभिन्न सङ्घसंस्थाले सहयोग पनि गरेका छन् ।

करीब चार वर्षअघि खोटाङमा जन्मेर बेलायत (युके)लाई कर्मथलो बनाएका समाजसेवीको सामाजिक संस्था खोटाङ सेवा समाज युकेले चार लाख ६९ हजार ७६० सहयोग रकम प्रदान गरेको थियो । समाजले सम्झनाको उमेर १८ वर्षको हुँदासम्म ब्याज मात्र झिक्न मिल्ने र त्यसपछि साँवा रकम निकाल्न पाउने गरी चेक प्रदान गरेको थियो । युकेमा बसोवास गरिरहेका खोटाङेबाट सङ्कलित रकम सम्झना र आमा सुमिता राईको नाममा जम्मा गरिएको थियो ।

पढाइसँगै गीत-सङ्गीत र साहित्यमा समेत रुचि राख्नुहुने सम्झनाका लागि यसअघि एरिया वेलफेयर सेन्टर दिक्तेलले पनि भौतिक सहयोग गरेको छ । नेपाल सरकारबाट भने मासिक रु ६०० भत्ता पाउने गरेको सम्झनाले जनाइन् ।

सम्बन्धित समाचार
बाढीपीडितका लागि नेकपा धरानको १ लाख १४ हजार रुपैयाँ सहयोग

विजयपुर । भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि नेपाली कम्य ...

रसुवा बाढीपीडितका लागि मितेरी बैंकको १० लाख सहयोग

विजयपुर । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत ...

कैलाश तीर्थयात्रामा बाढीको असर

नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश पर्वतको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
बाढीपीडितका लागि नेकपा धरानको १ लाख १४ हजार रुपैयाँ सहयोग
भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि मितेरी बैंकको १० लाख सहयोग
भदौ १२, २०८३
कैलाश तीर्थयात्रामा बाढीको असर
भदौ १२, २०८३
सुनसरीमा भन्सार छलीका ३ लाख ३९ हजार रुपैयाँ बराबरको सामान बरामद
भदौ १२, २०८३
प्रधानमन्त्री विपद् राहत कोषमा धरान उपमहानगरले १० लाख सहयोग गर्ने
भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
भदौ १२, २०८३
नेपाल प्रहरीको अलर्ट नोटिसः पुनः बाढीको जोखिम, सुरक्षित रहन आग्रह
भदौ १२, २०८३
चीनतर्फ बनेको ठूलो ताल फुटेको सूचना: त्रिशूली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भदौ १२, २०८३
भेटेकोशी बाढीः ४६९ जनाको शव फेला, १५४५ को उद्धार
भदौ १२, २०८३
इन्धनमा ठगी गर्नेलाई जरिबाना
भदौ १२, २०८३
आज जनै पूर्णिमा
भदौ १२, २०८३
कोशीका १२ जिल्लाका १२२ जना सम्पर्कविहीन
भदौ १२, २०८३
सुमेधा एजुकेसन नेटवर्कद्वारा प्रधानमन्त्री राहत कोषमा दुई लाख सहयोग
भदौ ११, २०८३
रसुवामा बाढीः कोशी प्रदेशका ८३ जना सम्पर्कविहीन
भदौ ११, २०८३
कोशी सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने
भदौ ११, २०८३
बाढीपीडितका लागि नेकपा धरानको १ लाख १४ हजार रुपैयाँ सहयोग
भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि मितेरी बैंकको १० लाख सहयोग
भदौ १२, २०८३
कैलाश तीर्थयात्रामा बाढीको असर
भदौ १२, २०८३
सुनसरीमा भन्सार छलीका ३ लाख ३९ हजार रुपैयाँ बराबरको सामान बरामद
भदौ १२, २०८३
प्रधानमन्त्री विपद् राहत कोषमा धरान उपमहानगरले १० लाख सहयोग गर्ने
भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
भदौ १२, २०८३
नेपाल प्रहरीको अलर्ट नोटिसः पुनः बाढीको जोखिम, सुरक्षित रहन आग्रह
भदौ १२, २०८३
चीनतर्फ बनेको ठूलो ताल फुटेको सूचना: त्रिशूली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भदौ १२, २०८३
भेटेकोशी बाढीः ४६९ जनाको शव फेला, १५४५ को उद्धार
भदौ १२, २०८३
इन्धनमा ठगी गर्नेलाई जरिबाना
भदौ १२, २०८३
आज जनै पूर्णिमा
भदौ १२, २०८३
कोशीका १२ जिल्लाका १२२ जना सम्पर्कविहीन
भदौ १२, २०८३
सुमेधा एजुकेसन नेटवर्कद्वारा प्रधानमन्त्री राहत कोषमा दुई लाख सहयोग
भदौ ११, २०८३
रसुवामा बाढीः कोशी प्रदेशका ८३ जना सम्पर्कविहीन
भदौ ११, २०८३
कोशी सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने
भदौ ११, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क