विराटनगर ।  लिभिङ्ग टुगेदरमा रहेकी प्रेमिकाकाको हत्या आफनै प्रेमिले गरेको खुलेको छ ।

दुई वर्षदेखि सँगै बस्दै आएकी प्रेमिकालाई झापाको गौरादह नगरपालिका–६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चूँडालले गत आइतबार मोरङको रतुवामाइ नगरपालिका – ६ स्थित हत्या गरेको प्रहरीले जनाएको छ । चुँडालले आफ्नो प्रेमिका हत्या गरको तीन दिनपछि मंगलबार राती उर्लाबारीस्थित दुर्गापुरीबाट प्रहरीले पक्राउ गरेको हो ।

हत्या गरिएकी अन्दाजी ३५ वर्षीय महिलाको हालसम्म ठेगना र नाम नखुलेपनि उनीहरू विगत दुई वर्षदेखि सँगै बस्दै आएका थिए । स्थानियका अनुसार हत्या भएको महिलालाई चुडालले सृजना भनेर बोलाउने गरेका थिए ।

गत शनिबार बिहान रतुवामाई नपा–६ का हरिबहादुर खड्काको खाली रहेको ग्वाली घरमा शरीर भरी नलिडाम र चोटपटक रहेको अवस्थामा ती महिला अचेत भेटिएकी थिइन् । प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएकी उनको आइतबारराति मृत्यु भएको थियो ।

दुई वर्षदेखि ती महिला पुण्यसँगै हिँड्ने गरेको र अत्यधिक मदिरा सेवन गरेर हिँड्न नसकेको भन्दै ग्वालीमा ल्याएर छाडेर काम गर्न जान्छु भन्दै त्यहाँबाट उनी हिँडेको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका थिए ।

पक्राउ परेका पुण्य विरुद्ध बुधबार कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।