पथरी । कानेपोखरी गाउँपालिकाले असोज २ गते देखि ४ गते सम्म भव्यरुपमा संविधान दिवस मनाउने तयारी गरेको छ ।

गाउँपालिको आयोजना र रमाइलो युवा परिवारको सहकार्यमा संविधान दिवस मनाउन लागेको हो । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले अध्यक्ष रहेको मूल आयोजक समिति निर्माण गरिएको छ । समितिको उपाध्यक्ष गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नाम रहने मूल समितिमा नीजि विद्यालय र सरकारी विद्यालयको प्रअ सवै सदस्य, क्लबका अध्यक्ष सदस्य,जेसिजका अध्यक्ष, लायन्स अफ कानेपोखरीका अध्यक्ष सदस्य रहेने भएको छ ।

त्यसैगरी सहकारी संस्थाका अध्यक्ष सदस्य, विभिन्न पार्टीका अध्यक्ष सदस्य,व्यापार संघको अध्यक्ष सदस्य,महिला संञ्जालका अध्यक्ष सदस्य, पालिकाका विभिन्न शाखामा रहेका कर्मचारीहरु सवै सदस्य र सवै जनप्रतिनिधिहरु सदस्य रहने मुल आयोजक समिति निर्माण गरी काम सुरु गरेको छ । तीन सय संविधान दिवस लेखिएको टि–सट र दुईसय थान कागजको नेपालको झण्डा बनाएर सबै कार्यालय, चौक तीर टांगिने भएको छ ।

कामको सहजताको लागी कर्यक्रम समन्वय संचालन र व्यवस्थापन समिति निर्माण गरी ६ नं. वडाध्यक्ष खड्ग बस्नेतलाई जिम्मेवारी दिएका छन् । कर्मचारीबाट यादव निरौला सदस्य सचिव,रमाइलो युवा परिवारका अध्यक्ष, कानेपोखरी व्यापार संघका अध्यक्ष सदस्य,कार्यपालिका सदस्य पदमकुमारी गुरुङ सदस्य रहेका छन् । त्यसैगरी प्रचारप्रसार समिति पनि निर्माण गरेका छन् ।

कार्यक्रमहरुः
असोज २ गते बृहद बजार र चोक सरसफाई कार्यक्रम विहान रहेको र दिउँसो १ बजे देखि अन्तरविद्यालय स्तरीय वक्तीत्वकला प्रतियोगिता हुने र ३ बजे रमाइलो चोकमा भेला भएर ४ बजेदेखि नेपालको झण्डा बोकेर मोटरसाइकल र्याली गर्ने निर्णय भएको खड्ग बस्नेतले बताए । मोटरसाइकल र्याली ७ वटै वडामा पुरा गरी साँझमा दिप प्रज्वलन गर्ने रहेको छ ।

त्यसैगरी ३ गते विहान ५ किलोमिटर महिला र पुरुषको खुल्ला म्याराथुन दौड प्रतियोगिता गर्ने र राष्ट्रि धुन सहितको मार्चपास माउण्ड हर्मन स्कुल,जेनिथ स्कुल, पर्ल एकेडेमी स्कुल र रमाइलो बालजगत स्कुलले गर्ने भएको छ । कार्यक्रममा संविधान झल्कीने नृत्य पनि रहेको छ । त्यसैगरी ४ गते साँझ दिप प्रज्वलन गरेर कार्यक्रम समापन गर्ने गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।