सुनसरी । साउण्ड सिस्टमका विषयमा जानकारी गराउदै व्यवसायीक प्रवद्र्धन गराउने उदेश्यले इटहरीको दुर्गा पार्टी प्यालेसमा साउण्ड तथा लाइट सिस्टमको प्रदर्शनी भइरहेको छ । यस्तो प्रदर्शनी नेपालमै पहिलो पटक भएको आयोजकको दावी छ ।

साउण्ड सिम्टममा भित्रिएका नयाँ प्रविधिहरुका विषयमा ग्राहकहरुलाई जानकारी गराउने उदेश्यले एक्स्पोको आयोजना गरिएको कार्यक्रम संयोजक पूर्वाञ्चल साउण्ड सिस्टमका सञ्चालक राजकुमार कार्कीले जानकारी दिए । मेची कोशी साउण्ड सिष्टम ब्यवसायी संघ प्रदेश १ को आयोजनामा भएको प्रदर्शनीमा २७ लाख रुपैयाँ सममको सामान रहेको संयोजक कार्कीले बताए ।

प्रदर्शनीबाटै साउण्ड तथा लाईट विक्री पनि भइरहेको आयोजकले जनाएको छ । एक्स्पोमा साउण्ड सिस्टम व्यवसायमा काम गरीरहेकाहरुलाई साउण्ड तथा लाईट सम्वन्धी निःशुल्क तालिमको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

१० वटा स्टलमा साउण्ड तथा लाईटको प्रदर्शनी गरिएको छ । आइतबारदेखि शूरु भएको प्रदर्शनी मंगलबारसम्म सञ्चालन हुने छ । कार्यक्रममा नयाँ प्रविधिको विकासका विषयमा जानकारी लिदै प्रयोगमा ल्याउन यो एक्सपोले सहयोग गर्ने भएकोले प्रदेश १ मा रहेका तीन सय भन्दा बढी साउण्ड सिम्टम ब्यवसायीहरुको कार्यक्रममा सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन संगितकार एवम् गायक कुवेर राईले गरेका थिए ।