धरान । नेपालका लागि टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले दशैं तथा तिहार लक्षित गर्दै टिभिएस देश दौड योजना लागू गरेको छ ।

यस अवसरमा इटहरी र झापाको बिर्तामोडमा टिभिएस ह्वीली बिट्स कन्सर्ट आयोजना गरेको छ । जस अन्तर्गत बुधबार इटहरीको पचरुखीमा राष्ट्रिय बाइक राइडर सन्दीप क्षेत्री, प्रकाश अधिकारी, गौरव पाठकले टिभिएस बाइकको स्टन्ट गरे । हास्य कलाकार दिनेश काफ्लेले स्टन्ट हेर्न सहभागी बनेका दर्शकहरूलाई मनोरञ्जन दिए ।

इटहरीको कार्यक्रममा ज्येष्ठ नागरिक समाज इटहरीका अध्यक्ष कर्णबहादुर कार्कीले टिभिएसको आरटिआर १६० टुभी र टिभिएस र्याडोन ११० सीसीको गाडी सार्वजनिक गरे । पारस अटो मोबाइल्सका सञ्चालक लीलानाथ लुइँटेलले स्टन्टले समाजमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन मद्दत गरेको बताए ।

त्यस्तै बिर्तामोडमा पनि गाडी लञ्च गर्दै कन्सर्ट आयोजना गरेको छ । बिहीबार गरिएको कार्यक्रममा स्टन्ट देखाउँदै हास्य कलाकार श्रीकृष्ण लुइँटेल र दिनेस काफ्लेले हँसाएका थिए । झापाको लञ्च कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका थिए ।

पाथीभरा अटो लिङ्कका सञ्चालक यमबहादुर कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । टिभिएस देश दौडको अवसरमा शनिबार स्वास्थ्यका लागि दौड भन्ने नाराका साथ दौड कार्यक्रम गरिने जगदम्बा मोटर्सका मार्केटिङ मेनेजर नवराज कोइरालाले जानकारी दिए ।