Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अर्थ
अर्थ

भोजपुरमा कृषि उपजले पाएन बजार

ब ब्लाष्ट खबर असोज २३, २०७६ ३ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
भोजपुरमा कृषि उपजले पाएन बजार
तस्बिर : गुगल

उत्पादित कृषि उपजको बजारीकरणमा समस्या भएपछि कृषक मारमा परेका छन् ।

भोजपुर नगरपालिका –११ आम्तेकको खोक्तीबासीमा स्थानीय युवाले करीब रु एक करोड लागतमा फर्म दर्ता गरी व्यवसाय सञ्चालन गरे पनि उत्पादित वस्तुको बजारीकरणमा समस्या भएको छ । कृषिलाई व्यवसायीकरण गरेर राम्रो आम्दानी लिने उद्देश्यका साथ नमूना बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म दर्ता गरेर तीन युवाले २०७४ सालमा व्यावसायिक रुपमा कृषि, पशुपालन मस्यपालन व्यवसाय गरिरहेका छन् ।

उनीहरुको फर्ममा अहिले ब्रोइलर, लेयर्स, बट्टाई र स्थानीय गरी दुई हजार पाँच सय कुखुरा, एक सय खसीबाख्रा, ५० सुँगुर र दुई पोखरीमा आठ हजार माछा छन् । त्यस्तै टमाटर, अकबरे खुर्सानी, बहुवर्षे बालीमा एभोकाडो, सुन्तला, कागतीलगायत बाली गरी करीब एक सय रोपनी क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरुले विदेशप्रतिको मोह त्यागेर जिल्लाकै नमूना फर्म बनाउने लक्ष्यका साथ व्यवसाय सञ्चालन गरेका हुन् ।

बजारीकरणमा निकै समस्या रहेको उनीहरुको भनाइ छ । फर्मका सञ्चालक देवेन्द्र खड्काले भने, ‘‘ निकै ठूलो लगानीमा हामीले फर्म दर्ता गरेर चलाएका छौ, यहाँबाट तरकारीदेखि सबै खालका कृषि उपज उत्पादन भइरहेका छन् तर अहिले हामीलाई बजारीकरणमा अत्यन्तै समस्या छ ।’’ ठूलो लगानीमा व्यवसायमा लागेका उनीहरुले राज्यलाई केही टेवा दिने सोचका साथ काम गरिरहेका छन् । फर्ममा स्थानीयवासी रमेश सुवेदी, अङ्कित खत्री र देवेन्द्र खड्काले साझेदारीमा काम गरिहेका हुन् ।

फर्मबाट अहिले प्रत्यक्ष रुपमा पाँच जनाले रोजगारीसमेत पाएका छन् । उनीहरुले आफूले सिकेको ज्ञान जिल्लाका अन्य कृषकमा पनि बाँड्दै आएका छन् । उनीहरुको अगुवाइमा सो टोलीले अहिले ११ फर्म दर्ता गरेर कामको थालनी गरिरहेको छ । उनीहरुले कृषिमा लाग्न इच्छा गर्ने अन्य कृषक समूहलाई कानूनी प्रक्रियाका विषयमा जानकारी दिने गरेका छन् । फर्मका अर्का सञ्चालक खत्रीले भने,‘‘ हामीले राज्यलाई टेवा दिने उद्देश्यले धेरै जनालाई रोजगारी दिएका छौँ, हाम्रो फर्मलाई देखेर अहिले यो खोक्तीबासी टोलमा ११ ओटा फर्म दर्ता भएका छन्, कृषिमा लाग्ने साथीहरुलाई आफूले जानेका सिकेका कुराहरु बाँड्दै आएका छौँ ।’’

उनीहरुको सिको गर्दै सोही आसपासमा अभियान, कृषि फर्म, परिवर्तन कृषि फर्म, मिशन लादेन कृषि फर्म गरी ११ फर्म दर्ता भएर काम शुरु भएको छ । यसले उनीहरुलाई कृषिमा लाग्ने मोह बढेको छ । परिवर्तन कृषि फर्मका सञ्चालक परशुराम बुढाथोकीले भने,‘‘ सात वर्ष विदेशमा बसेँ तर सोचे जस्तो आम्दानी गर्न सकिएन, अहिले साथीहरुले फर्म दर्ता गरेर व्यवसाय शुरु गरेको देखेपछि म पनि कृषिमा लागेको छु, यसअघि विदेशमा कमाएको भन्दा राम्रो आम्दानी छ तर बजारीकरणमा भने समस्या छ । ’’

कृषकले सो क्षेत्रमा कृषि पर्यटक भित्र्याउनका लागि घरबास कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन् । आफ्नो टोललाई नै कृषिको नमूना क्षेत्र बनाउने लक्ष्यले काम गरिरहेको भए पनि राज्यले खास सहयोग नगरेको उनीहरुको भनाइ छ । उनीहरुले उत्पादित वस्तुको बजारीकरणमा राज्यले सहयोग गर्नुपर्ने र कृषकले गरेको काम अवलोकन गरेर आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने माग गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

पानीबोट दुर्घटनामा मृत्यु हुनेकाे पहिचान खुल्याे
कार्तिक ९, २०८३
सप्तकोशीमा पानी बोट दुर्घटना, तीन जनाको मृत्यु
कार्तिक ९, २०८३
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
कार्तिक ९, २०८३
छापा संस्करण [ePaper]
  1. पानीबोट दुर्घटनामा मृत्यु हुनेकाे पहिचान खुल्याे
    कार्तिक ९, २०८३
  2. सप्तकोशीमा पानी बोट दुर्घटना, तीन जनाको मृत्यु
    कार्तिक ९, २०८३
  3. सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
    कार्तिक ९, २०८३
  4. धान थन्काउन किसानलाई चटारो
    कार्तिक ८, २०८३
  5. जलवायु न्यायलाई गम्भीर रूपमा लिन विश्व समुदायसमक्ष पूर्वराष्ट्रपति भण्डारीको आग्रह
    कार्तिक ८, २०८३
  6. आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना
    कार्तिक ७, २०८३
  7. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    कार्तिक ७, २०८३
  8. पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
    कार्तिक ६, २०८३
  9. पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
    कार्तिक ६, २०८३
  10. विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट
    कार्तिक ६, २०८३
  11. विजयादशमीले सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत गर्छ : मुख्यमन्त्री कार्की
    कार्तिक ५, २०८३
  12. आज विजयादशमी : टीकाको शुभ साइत १०:२६ बजे
    कार्तिक ५, २०८३
  13. चोरीका गरगहनासहित महिला पक्राउ
    कार्तिक ४, २०८३
  14. हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
    कार्तिक ४, २०८३
  15. अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा
    कार्तिक ४, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड