Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • सामूहिक बलात्कारको शिकार भएकी जितिन् पूजाले ८ वर्षपछि मुद्दा

सामूहिक बलात्कारको शिकार भएकी जितिन् पूजाले ८ वर्षपछि मुद्दा

alt सांकेतिक तस्बिर
  • कार्तिक ११, २०७६
  • विनोद सिंह विष्ट (रासस)
 

बैतडी ।  विस २०६८ मा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी बालिका पूजा बोहराले अन्ततः न्याय पाएकी छन् । एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते बलात्कारमा परेकी हुन् । पाटन नगरपालिका–१ साविकको कैलपाल गाविसबाट उनी पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन पुगेकी थिइन् ।

चौध वर्षीया पूजा एसएलसीको गेसपेपर किन्न पसलमा जाँदा पसलेहरुबाटै सामूहिक बलात्कारको शिकार भएकी थिइन् । जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र चाँदनी फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय अमर अवस्थीले उनीमाथि कुकृत्य गरेका थिए । उनीहरु दुबैलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । सर्वोच्चको फैसलापछि पूजाले आफूले ढिलै भएपनि न्याय पाएको प्रतिक्रिया दिएकी छन् । उनले भनिन् – “न्याय पाउँछु भन्ने आश मरिसकेको थियो ।

ढिलै भए पनि न्याय पाएँ ।” गेसपेपर किन्न गएको सम्म याद छ उनलाई र त्यसपछि के भयो भन्ने थाहा छैन । उनले भनिन् – “गुमेको होश काठमाडौँमा उपचारपछि आयो । जीवनमा सबै थोक गुमाएको जस्तो लाग्छ ।” जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गर्दा निकै खुशी लागेको पूजा बताउँछिन् । उनले भनिन् – “न्यायको खुशी साट्न नपाउँदै फेरि पुनरावेदनमा जानुपर्यो ।” छ भाइबहिनीमध्ये चौथो सन्तान हुन् पूजा । आमाबुवाले घरमै खेतीकिसानी गरेर छोराछोरी पढाइरहेका थिए ।

पूजाका बुवा रामसिंहले भने – “छोरीलाई पढाएर ठूलो मान्छे बनेको हेर्ने धोको थियो, बीचमै यस्तो घटना घट्यो । आठ वर्षपछि न्याय पाउन सकें, खुशी छु ।” घरपरिवारको आर्थिक अवस्था पनि कमजोर थियो तर पनि उनले जीवनदेखि हार खाएन । लड्दै गए । सर्वोच्चमा लामो समय मुद्दा लम्बिँदा पूजाले धेरै व्यवधानको सामना गर्नुप¥यो । काठमाडौँमा छ वर्षसम्म रक्षा नेपाल संस्थाले जिम्मेवारी लिएको भए पनि पछि संस्थाले आफूमाथि गलत दृष्टिकोणले हेरेको पूजाको दुःखेसो छ । “मलाई उक्त संस्थाले पढाइ र बासको व्यवस्था गरेको थियो,” उनले भनिन् – “पछि केही दिन मसाज सेन्टरमा काम गर्ने केटीका कोठामा राखिदियो ।” पूजा अहिले कानून विषयको स्नातक चौथो वर्षमा पढिरहेकी छन् ।

गएको दुई वर्षदेखि उक्त संस्थाबाट निस्किएर होस्टल बस्दैआएकी छन् । कलेज पढ्दा खेरि सात महिनासम्म शुल्क तिर्न नसकेको स्मरण गर्दै उनले भनिन् – “कलेजमा पनि सबै कुरा भन्नुपथ्र्यो म यस्तो समस्याबाट यहाँसम्म पुगेँ भनेर ।” दुई वर्षदेखि घरपरिवारले र दाङ तुलसीपुर घर भई हाल अमेरिकामा बस्दै आएकी लीला डांगीले आफूलाई सहयोग गर्दै आएका उनले बताइन् । पूजा अझै पनि समाजमा घुलमिल हुन सकेकी छैनन् । समाजले आफूमाथि अझै पनि गलत दृष्टिले हेर्न गरेको उनले सुनाइन् र भनिन् – “घरबाहिर निस्कन समेत गार्हो हुने गरेको छ ।

दोषीलाई कैद सजाय र जरिवाना भर्न लगाएर मात्रै मैले न्याय पाउँदिनँ, समाजमा पुनःस्थापनाको ग्यारेण्टी हुनुपर्छ ।” बलात्कार भएपछि घरपरिवार सबै छोड्नुपर्ने र गाउँ समाजमा फर्किएर सामान्य रुपले जीवन जिउन नसकिने उनको अनुभव छ । अदालतले न्याय दिन ढिलाइ गरेको गुनासो गर्दै उनले भनिन् – “न्याय दिने कुरा त छिटो गर्नुपर्छ । न्यायमा राजनीति हुनुहुँदैन ।” काठमाडौँस्थित चक्रवर्ती कानून कलेजमा स्नातक चौथो वर्षमा अध्ययनरत पूजाको न्यायालयमा जागीर खाने उद्देश्य छ ।

विसं २०६८ चैत ९ गते गेसपेपर किन्न स्टेशनरी पसलमा पुगेकी उनलाई लागुपदार्थ मिसाएको मिठाइ ख्वाएर बेहोस बनाई बलात्कार गरिएको थियो । बलात्कृत बोहरा पसल नजीकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन् । घटनापछि प्रहरीले जाहेरी लिन मानेन । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए तर पनि प्रहरीले लिन मानेन । विद्यार्थीले बजार बन्द गरेपछि मात्रै उनीहरूलाई प्रहरीले पक्राउ गर्यो र मुद्दा चलायोे ।

बोहराका तर्फबाट २०६८ चैत १० गते प्रहरीमा उजूरी हालिएको थियो । बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी बोहराको उपचारपछि घटनाको तथ्य बाहिर आएको थियो । बैतडी जिल्ला अदालतमा भट्ट र अवस्थीविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र जनही ५०÷५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

बैतडी जिल्ला अदालतले गरेको त्यही फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले २०७१ वैशाख १५ गते उल्ट्याउँदै अभियुक्तद्वयलाई निर्दोष सावित गरेको थियो । त्यो फैसला सर्वोच्च अदालतमा पुगेर उल्टियो । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई नै सदर गरिदिएको हो । उक्त मुद्दाको कात्तिक ७ गते बिहीवार किनारा लाग्यो ।

सम्बन्धित समाचार
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुव ...

आजको मौसमः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल ...

एडिबीको सहयोगमा धरानको ६ अर्बको खानेपानी आयोजना अघि बढ्यो

विजयपुर । धरान उपमहानगरपालिकाको दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने उद् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
साउन ९, २०८३
आजको मौसमः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
साउन ९, २०८३
एडिबीको सहयोगमा धरानको ६ अर्बको खानेपानी आयोजना अघि बढ्यो
साउन ८, २०८३
धरान–६ मा मोटरसाइकल दुर्घटना: चालकको घटनास्थलमै मृत्यु
साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो
साउन ८, २०८३
अनलाइन सट्टेबाजीका दुई लाख ‘एप’ बन्द
साउन ८, २०८३
काली मन्दिरको अतिक्रमित जग्गा र भवन खाली गराइयो
साउन ८, २०८३
फलोअपः सुम्निमा–पारुहाङ प्रतिमामा स्वार्थको खेल
साउन ८, २०८३
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
साउन ८, २०८३
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ८, २०८३
ब्राउन सुगरसहित चार जना पक्राउ
साउन ७, २०८३
दमकमा तीन सवारी एकापसमा ठोक्किँदा एकको मृत्यु
साउन ७, २०८३
पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड
साउन ७, २०८३
प्यान कार्ड बनाउन राजस्वमा सुकुम्बासीको भीड
साउन ७, २०८३
धरानमा ३३ करोडको आँप व्यापार
साउन ७, २०८३
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
साउन ९, २०८३
आजको मौसमः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
साउन ९, २०८३
एडिबीको सहयोगमा धरानको ६ अर्बको खानेपानी आयोजना अघि बढ्यो
साउन ८, २०८३
धरान–६ मा मोटरसाइकल दुर्घटना: चालकको घटनास्थलमै मृत्यु
साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो
साउन ८, २०८३
अनलाइन सट्टेबाजीका दुई लाख ‘एप’ बन्द
साउन ८, २०८३
काली मन्दिरको अतिक्रमित जग्गा र भवन खाली गराइयो
साउन ८, २०८३
फलोअपः सुम्निमा–पारुहाङ प्रतिमामा स्वार्थको खेल
साउन ८, २०८३
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
साउन ८, २०८३
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ८, २०८३
ब्राउन सुगरसहित चार जना पक्राउ
साउन ७, २०८३
दमकमा तीन सवारी एकापसमा ठोक्किँदा एकको मृत्यु
साउन ७, २०८३
पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड
साउन ७, २०८३
प्यान कार्ड बनाउन राजस्वमा सुकुम्बासीको भीड
साउन ७, २०८३
धरानमा ३३ करोडको आँप व्यापार
साउन ७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क