देउराली । लागुऔषध सेवन गरेर आजित तुल्याएपछि माइत गएर बसेकी धरान १५ खोरीयाबस्तीकी जीना राई, श्रीमान अर्जुन राईले अब आइन्द यस्तो गल्ती दोहोर्याउदीन भनेपछि घर फर्कीएकी थिइन् । घर फर्कीएको ३ घण्टा पनि नबित्दै श्रीमानबाटै हत्या भएकी जीनाको हत्याका प्रतक्षदर्शी बनेकी छिन् आफ्नै ६ बर्षीय छोरी ।

२०६९ सालमा प्रेम विवाह गरेका जीना र अर्जुनको सम्बन्ध लागुऔषका कारण बिग्ररहने भएका कारण लामो समयदेखी माइतीमा बस्दै आएकी थिइन । कार्तिक १४ गते जीनालाई लिन ससुराली नै पुगेका अर्जुनले अव यस्तो गल्ती नदोहोर्याउने भनेपछि माइतीबाट जीना श्रीमान अर्जुनसँग साँझ ४ बजे घर फर्केकी थिइन ।  घरमा चिसो र खाजा खाएपछि घर नजिकै हाउजी खेलीरहेको हेर्न जाने भन्दै हिडेका उनीहरुसँग ६ वर्षीय छोरी जीयाना र अन्दाजी ८ वर्षीय भदै दिलजंग तामाङ पनि थिए ।

उनीहरु हाउजी खेलीएको ठाउँमा नगई नजिकै धरान १५ र धरान ५ को सिमान सेउती खोलामा बन्दै गरेको पुलमा गएका थिए । पुलमा ससुरालीमा माफी माग्नु परेकाे विषायमा उनीहरुकाे विवाद भयाे ।  त्यहाँ श्रीमानले ससुरालीमा गएर माफी मागे पछि घर फर्केकी जीना र अर्जुन विच के विवाद भयो बन्दै गरेको पुलको रडहरुमा खेलि रहेका ६ वर्षीय छोरी र  भदैले पत्तै पाएनन्, करीब ६ बजे जीनाले आफ्नी आमालाई फोन गरेर आफु पुनः माइत नै फर्कीने बताएकी थइन । घर फर्केको २ घण्टामै फेरी माइत फर्कीन्छु भनेकी जीनालाई आमाले फर्क भन्न सकिनन्, अनि घर फर्कीएको ३ घण्टा पनि नवित्दै आफ्नै श्रीमानबाट भयो जीनाको हत्या ।

तर, उनीहरु हाउजी खेलीएको ठाउँमा नगई नजिकै धरान १५ र धरान ५ को सिमान सेउती खोलामा बन्दै गरेको पुलमा गएका थिए । पुलमा ससुरालीमा माफी माग्नु परेकाे विषायमा उनीहरुकाे विवाद भयाे ।  त्यहाँ श्रीमानले ससुरालीमा गएर माफी मागे पछि घर फर्केकी जीना र अर्जुन विच के विवाद भयो बन्दै गरेको पुलको रडहरुमा खेलि रहेका ६ वर्षीय छोरी र  भदैले पत्तै पाएनन्, करीब ६ बजे जीनाले आफ्नी आमालाई फोन गरेर आफु पुनः माइत नै फर्कीने बताएकी थइन । घर फर्केको २ घण्टामै फेरी माइत फर्कीन्छु भनेकी जीनालाई आमाले फर्क भन्न सकिनन्, अनि घर फर्कीएको ३ घण्टा पनि नवित्दै आफ्नै श्रीमानबाट भयो जीनाको हत्या ।

आमा, बुबा बिच भएको विवादको अन्दाजसम्म गर्न नसक्ने उमेरकी ६ वर्षीय जीयानाले आफ्नै अगाडी बाबुबाट आमाको विभत्स हत्या देखेकी थिइन् ।
मामाको छोरासँग खेलिरहेकी जीयानाले बुबाले  पुलको डिलबाट तल झारी एकाएक आमा माथि ढुङ्गा बर्षाएको देखिन् । आफ्नी आमा माथि भएको विभत्स प्रहार देखेर दर्गुदै माइजुलाई बोलाउन पुगिन् ।

तर त्यतिन्जेलमा आमाको मृत्यु भइसकेको थियो । आफ्नै आँखा अगाडी आमा माथि भएको त्यो प्रहार देखेकी उनी र मामाका छोरा नै घटनाका पहिला प्रतक्षदर्शी थिए । 
उनीहरुले घटना भएको देखे पछि जीनाका दाजु दिलकृष्ण र उनकी श्रीमतीलाई जानकारी गराएका थिए । दाजु दिलकृष्णले घटना भएको थाहा पाएपछि घटना स्थलमा पुग्दा बहिनीको मृत्यु भइसकेको बताए । घटना पछि फरार भएका अर्जुनलाई करिब ११ बजे राती धरान ६ र १५ जोड्ने सेउतीको पुलमुनीबाट इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो । जीनाको अत्यष्ठि दाजु दिलकृष्णले गरेका छन् ।

घटनाको प्रत्यक्षदर्शी बनेकी छोरी जीयाना अझै पनि खुलेर बोल्न सकिरहेकी छैनन्, उनी यतिबेला आमाको काजक्रिया भइरहेको मामाली घरमा बस्दै आएकी छिन् । उनी आमालाई खाेजिरहेकी छन् ।