धनकुटा । धनकुटा नगरपालिका वडा नं.१ हिलेको कुवापानी घर भएकी एक महिला माइती जाने क्रममा विहिवार साँझ मादक पदार्थ सेवन गरेका अवस्थामा स्थानिय २ युवाको कुटाईबाट सक्त घाईते भएकी छन् ।
धनपा–१ कुपापानी घर भै हिले वजारको तोङ्गवा चोकमा पसल गर्दै आएकी वर्ष २६ कि विष्णु तामाङलाई माईती घर पात्ले जाने क्रममा विहिवार साँझ ७.३० वजे सुकेपोरीमा मादक पदार्थ सेवन गरी मातेका युवाहरुको निर्घात कुटपिटमा परेकी हुन् ।

स्कुटी कुदाएर माईती आउँदै गरेकी विष्णुलाई सोही वडाको निगाले वस्ने वर्ष ३२ का टेकवहादुर भनिने अमित शाही र वर्ष २२ का धनबहादुर शाहीले निर्घात कुटपिट गरेको पिडित विष्णु तामाङको श्रीमान भुपेन तामाङले ब्लाष्टलाई बताए । अपरिचत ती २ युवाहरुले चिल्पटले हान्दा आफुले कुदाएको स्कुटीको अघिल्लो भागमा क्षति पुर्याएको र हेल्मेट समेत फुटेको पिडित विष्णुको श्रीमान भुपेन तामाङले वताए । उनको अनुहार र टाउकोमा गम्भिर चोट लागेकोले न्यूरो हस्पिटल विराटनगरमा उपचार भैरहेको वताईएको छ ।

मादर्क पदार्थ सेवन गरी माईती जाँदै गरेकी महिलालाई जताभावी कुटपिट गर्ने युवा विहिवार साँझ देखी फरार भए पनि शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय धनकुटामा आफै सम्पर्कमा आएका छन् । प्रहरीको सम्पर्कमा आएका टेक बहादुर भनिने अमित शाहीले आफुहरु बिहिबार दिउँसो पिकनिक खान गएको बताए । उनले पिकनिकको भाँडावर्तन पात्लेमा निज पिडित महिलाको माईती घर स्याङ्गदान कान्छाकोमा पुर्याएर फर्किने क्रममा घट्ना भएको बताए ।

उनले आफुहरु अँध्यारोमा आउँदै गर्दा स्कुटी बाटोमा रोकेर राखेको अवस्थामा ठोकिदा लडेको र सोही विषयमा एक आपसमा विवाद हुँदा हातपात भएको स्वीकारे । शाहाले महिलाले शुरुमा हात छोडेको हुनाले आफुले पनि प्रतिकार गरेको बताए । उनले महिला माथि कुटपिट गरेको प्रहरी समक्ष स्वीकारेका छन् । उनको साथी धनवहादुरले भने आफुले कुटपिट नगरेको वताएको भए पनि पिडितका आफन्तले भने दुवै जनाले कुटपिट गरेको दावी गरेका छन् ।

पिडितका श्रीमान भुपेन तामाङले घट्नामा संलग्न दुवै जनालाई कानुन् वमोजिम कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् । उनले वाटो हिडिरहेको एक महिला माथि भएको आक्रमण निन्दनिय भएको भन्दै उचित क्षतिपुर्ति सहित कानुनी कडघरमा उभ्याउन माग गरेका छन् । घट्नामा संलग्न दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ ।