इटहरी । भारतले लिपुलेक, कालापानीलगायतको भूमी कब्जा गरेको भन्दै इटहरीमा नागरिक समाजले सडकमा प्रदर्शन गरेका छन ।

भारतले नेपाली भूमीमा गरेको हस्तक्षेपको विरोध स्वरुपमा नागरिकहरुले सडकमा आज प्रदर्शन गरेर गरेका हुन । नागरिक समाजको अगुवाहरुले भारतको चर्को विरोध गरे । .

नागरिक समाज इटहरीले आयोजना गरेको बिरोध कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले भारतको हेपाहा प्रवृती निरन्तर जार िराखेको बताए । इटहरीबाट निस्किएको ¥यालीले विराटनगर लाइनको दीपेन्द्र चौक हुदंै मुख्यबजार क्षेत्र परिक्रमा गरेको थियो ।