सिरहा / सिरहाको भूमिसुधार तथा मालपोत कार्यालयका निमित्त प्रमुख रामबाबु मण्डललाई ५ लाख घुस सहित अख्तियारले पक्राउ गरेको छ । सेवाग्राहीबाट लिएको नगद पाँच लाखसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीको टोलीले कार्यालयबाटै मण्डललाई हिजो नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीको फाइल उच्च अदालत जनकपुरको राजविराज कार्यालय पठाउन रकम माग गरेको सूचनाको आधारमा अख्तियार टोली त्यहाँ पुगेको अख्तियार कार्यालय बर्दिवासका सूचना अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । टोलीले निमित्त प्रमुख मण्डललाई घुसवापत लिएको रकमसहित कार्यकक्षमा नै नियन्त्रणमा लिएको हो । मण्डललाई अहिले अख्तियार कार्यालय वर्दिवास लगिएको छ । थपअनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।