धरान / साउन ३१ गते नै चेकमा साइन गर्न अधिकार खोसिएका व्यक्तिको हस्ताक्षर भएको चेक बाट गत भदौ २६ गते सिराहाको सनराइज बैंकबाट ४ लाख ८० हजार रुपैया भुक्तानी लिने प्रतिष्ठानका दुई विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दोस्रो चेक काण्ड सार्वजनिक भए पछि अस्पताल निर्देशन डा. गौरीशंकर साह र कार्यबहाक उपकुलपति डा. गुरुप्रसाद खनालले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए पछि प्रहरीले घट्नामा संलग्नलाई पक्राउ गरेको हो ।
प्रहरीले बैकको सिसि क्यामेराको फुटेजको साहेताले प्रतिष्ठानकै एमबिबिएस अन्तिम बर्षमा अध्ययनरत प्रभात कापडीलार्य पक्राउ गरेको थियो उनकै बयानको आधारमा सँग पढ्दैं आएका अर्का विश्वश झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सिरहाको मिचैयास्थित सनराइज बैंकको शाखाका दुई कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्सिनालाई समेत पक्राउ गरिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । घट्नामा संलग्न देखिएका प्रतिष्ठान मै कार्यरत डा.रोशन यादव भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुले ६ महिनाअघि लेखा शाखाबाट चेक चोरी गरेर लगिएको बयान दिएका छन् । उनीहरुलाई प्रहरीले गत कात्तिकमा पक्राउ गरि अनुसनधान गरिरहेको थियो ।
चेकमा स्टाप प्रयोग गरेर साइन गरिएको संका लागेको डिएसपी न्यौपानेले बताए । सन राईज बैक धरान शाखाका कर्मचारीहरु माथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘चेकमा साइन हेर्दा साइनको स्टाम्प लगाएजस्तो देखिन्छ । यस्तो चेकबाट बेकले कसरी भुक्तानी दियो हामी अच्चम्ममा परेका छौं ।’–डिएसपी न्यौपानेले भने –अस्पताल निर्देशक साह र तत्कालिन लेखा प्रमुख दिनेश दाहालको हस्ताक्षर परिक्षणका लागि ल्यावमा पठाएका छौं । रिपोर्ट आए पछि सबै कसुर खेल्ने छ ।’
४ लाख ८० हजारको चेक सुम्सेन थापाको नाममा विना आधार र टिप्पणी प्रतिष्ठानको सनराइज बैंकको खाताबाट चेकमार्फत रकम भुक्तानी भएको थियो । भदौं १९ गतेको मितिमा चेक काटिएको थियो ।
यस अघि पनि प्रतिष्ठानका तत्कालिन रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र लेखा प्रमुख रुपा सिंघाञ्चीको हस्ताक्षर भएको एनआइसी एसिया बैंकबाट ५ लाखको चेकबाट पैसा निकालिएको थियो । पछि बैकलाई प्रतिष्ठानले पत्र काटे पछि उक्त पैसा पुन बैकमा जम्मा गरिएको थियो । उक्त पैसा कस्ले निकालिएको भन्ने अहिलेसम्म पत्ता लागेको छैन् ।