ब्लाष्टखबर । नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सीपी गजुरेल सहित १० भन्दा बढि कार्यकर्ता पक्राउ परेका छन् ।
सिमासुरक्षा सम्बन्धमा रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेस गर्न खेजेपछि गजुरेल सहित १० जना क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार सिंहदरबारको दक्षिण गेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न भनी ठूलो समूहले निषेधित क्षेत्र तोड्न खोज्दा उनिहरूलाई प्रहरीले राेक लगाएकाे थियाे । प्रहरीले सिंहदरबार प्रवेसमा राेक लगाएसंगै अाक्राेसीत समुहले ढुंगामुढा गरेपछि प्रहरीले उनिहरूलाई नियन्त्रणमा लिएकाे हाे ।
घटनामा २ जना प्रहरीसमेत घाइते भएका छन्र । घाइते प्रहरी निरीक्षक वेद पौडेल र असई मानबहादुर तामाङ उपचार भइरहेको महानगरीय प्रहरीले जनाएकाे छ ।
नेकपा (क्रान्तिकारी माओवादी) वैद्य नेतृत्व माओवादी हाे ।