तेह्रथुमकै सर्वोच्चस्थल तथा संखुवासभा र ताप्लेजुङको संगममा रहेको मेन्छ्यायेम डाँडा एउटा एतिहासिक डाँडा हो । यो डाँडा ३ हजार २ सय मिटरको उचाइमा रहेको छ । मेन्छ्यायेम डाँडा तेह्रथमको मेन्छ्यायेम गाउँपालिका, ताप्लेजुङको मैयाखोला गाउँपालिका र संखुवासभाको चैनपुर नगरपालिकाको संगमस्थल रहेको छ । लिम्बू भाषामा ‘मेन्छ्या’ को अर्थ तरुनी र ‘येम’ को अर्थ उभिएको भन्ने हुन्छ । नेपालीमा यसलाई ‘तरुणी उभिएको’ डाँडाको रुपमा लिइन्छ ।
किराँतीहरुले मेन्छ्यायेम डाँडामा ०५० सालतिरैबाट बर्सेनि पूजाआजा गर्दै आएको बताउँछन् ।  यति बेला यो डाँडालाई हिउँले ढाकेको छ ।