लक्ष्मीमार्ग । मोरङको सुन्दरहैचा स्थीत पुर्वाञ्चल बिश्व विद्यालय गोठगाउँमा पहिलो पटक मंसिर २७ गते ९औं दीक्षान्त समारोहमा बिभिन्न संकायका ९ हजार ९ सय ८८ विद्यार्थीहरुलाई दीक्षित गर्दै भव्य रुपमा सम्पन्न भयो । झकिझकाउ रुपमा रुपमा सिंगारिएको उक्त विश्वविद्यालय दिक्षान्त समारोह सकिए लगत्तै उहि पुरानै रुपमा देखियो ।

सरकारले दुई दशक अघि गोठगाउँ स्थित राष्ट्रिय वनको ८ सय ५ बिघा जमिन र करोडौं लागतमा निर्मित भौतिक पूर्वाधारहरु हाल लथालिङ्ग अवस्थामा रहेका छन् । मर्मत अभावमा आकर्षक भवनहरुको अबस्था नाजुक छ । अत्याधुनिक र आकर्षक भवनहरु घाँस र जङ्गलले घेरिएका र गाईवस्तु चरन क्षेत्र बनेका छन् । यता गोठगाँउ स्थीत रहेको आफ्नो भवन लथालिंग अवस्थामा छ, भने उता बिराटनगर स्थीत भाडाको घरमा रहेको विश्वविद्यालयको भवनमा भने ६ महिनादेखी लागेको ताला अझै खुल्न सकेको छैन ।

नेपाल विद्यार्थी संघं, अनेरास्ववियु, अखिल क्रान्तिकारी र संघीय विद्यार्थी फोरमले विभिन्न माग राखी ताला लगाएका हुन् । त्तकालिन उपकुलपति घनश्यामलाल दासको भदौमै सकियो तर उनको पालामा लगाएको ताला अझै खुल्न भने सकेको छैन । ताबन्दीकै कारण विश्वपिद्यालयको दैनिक कार्य सञ्चालनमै समस्या परेको कामु उपकुलपति विजयकुमार थपलिया बताउँछन् ।

सुन्दरहरैचामा पर्ने पुर्वाञ्चल बिश्वबिद्यलाय मोरङ क्षेत्र नम्बर ६ भित्र पर्छ । मोरङ ६ बाट जितेर गएका लालबाबु पन्डीत र ३ बाट जितेका भानुभक्त ढकाल मन्त्री बनिसकेका छन । पन्डीत पुर्व सामान्य प्रशासन मन्त्री हुन् भने ढकाल हाल स्वास्थ्य तथा जनसंख्या मन्त्री हुन् । दुई जनानै मन्त्रीले बिश्बबिद्यालयलाई कसैको स्वार्थमा नराखी जनताको सेवा गर्न दिईने बताएका थिए ।

मन्त्री रहँदा एउटा भवनको शिल्यान्यास गर्न पुगेका पन्डीतले सरकारले बिश्वबिद्यलायलाई प्रदेश नम्बर एकका जनताका लागी सेवा दिने खाल्को बनाउने बताएका थिए । तर मन्त्रीहरुले भनेजस्तै पुर्वाञ्चल विश्वविद्यालयले प्रदेश एकका जनतालाई सेवा दिएको भने देखिदैन । प्रदेश राजधानी बिराटनगर घोषणा भईरहदा पुर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यलय गोठगाँउ आउला भन्ने ठुलो आशा रहेको थियो तर अव त्यो सम्भावना तत्काल नदेखिएको स्थानीय युवा सुमन ढकालले बताउँछन् ।

चिकित्सा शास्त्र अन्तर्गत ६ वटा प्रोग्राम र बिज्ञान प्रविधी अन्तर्गत ३ वटा प्रोग्राममा करिब ७ सय विद्यार्धी गोठगाँउ स्थीत उक्त विश्वविद्यालयमा अध्यानरत छन् । नामै मात्रको टिचिङ अस्पताल विश्वविद्यालय भित्र रहेको टिचिङ अस्पतालको हालत पनि बेहाल हुँदै गएको छ । उपचार गर्न आउने अधिकांश सर्वसाधारणले सेवा सुविधा नपाएको गुनासो गरेका छन् । बिरामी उपचार गर्ने सहितको सुविधा दिने भनिए पनि टिचिङ हस्पिटल नामै मात्रको रहेको सेवाग्राहि सन्तोस राई बताउछन् ।