यासोक (पाँचथर)। पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा सनराइज इङलिस बोर्डिङ स्कुलले १३ औ बार्षिक उत्सव मनाएको छ । कुम्मायक ४ रानीगाउँमा रहेको विद्यालयले बिभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रमको उत्घाटन सत्रका प्रमुख अथिति कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले गाउँपालिकामा लामो समयदेखि संर्घष गर्दै आएको विद्यालयले १३ वर्षसम्म पार गर्दा दक्ष जनशक्ति उत्पादन गरेको भन्दै सुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा गाउँपालिका शिक्षा अधिकृत एगेन्द्र बहादुर खड्का यासोक क्याम्पसका शिक्षक डिकध्वोज लावती लगायतले विद्यालयको शैक्षिक प्रगतीको सुभकामना व्यक्त गरेका थिए ।
कक्षा ८ सम्म संचालन भएको विद्यालयमा ३ सय जना विद्यार्थी अध्यायनरत रहेका छन । विद्यालयले १३ औं वार्षिक उत्सवको अवसरमा भलिवल, फुड्वल, ब्यागमिन्टन, चेस र बेलुन फुटाई लगायत विभिन्न विद्याका १५ वटा खेलकुदका कार्यक्रम राखिएको प्रिसिपल तारा सुब्बाले बताए । गाउँपालिकामा २ वटा निजी विद्यालय मध्ये सनराइज स्कुल सबै भन्दा पुरानो विद्यालय भएकाले शैक्षिक क्षेत्रमा राम्रो नतिजा निकाल्दै आएको छ । कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष गोपालप्रसाद पोख्रेलको अध्यक्षतमा सम्पन्न भएको थियो ।