यूएनएचसीआरद्वारा अस्पताललाई सामग्री

alt
  • माघ १, २०७६
  • १६२ पटक पढिएको
  • ब्लाष्ट खबर

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेमा रहेको नगर अस्पतालका लागि शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (यूएनएचसीआर) दमकले आवश्यकीय सामग्री प्रदान गरेको छ ।

यूएनएचसीआर दमकका माधवप्रसाद गौतमले नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवम् २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंलाई सामग्री हस्तान्तरण गरेका छन् । अस्पतालका लागि ३ थान बेड, २ थान ब्राण्डेड कम्प्युटर, ४ थान कुर्सी, २ थान टेवल तथा मानसिक समस्याको जानकारी सम्वन्धी पुस्तक समेत वितरण भएको हो । ३ लाख १९ हजार बढी रकमको सामग्री वितरण भएको छ ।

सो अवसरमा बोल्दै अस्पताल अध्यक्ष गुरागाईंले अस्पतालका लागि यूएनएचसीआरले गर्दै आएको यसखाले सहयोग प्रसंशनीय रहेको वताउँदै सहकार्यको निरन्तरताका लागि समेत अनुरोध गरेका छन् ।

यूएनएचसीआरले नगर अस्पतालमा साइक्राट्रिक डाक्टरको व्यवस्थापन गरी अवको जनवरी १ देखि मासिक रुपमा निःशुल्क मानसिक पराशर्म सेवा सुरु गर्ने जानकारी समेत दिइएको छ । जसमा संस्थाले स्वास्थ्य विमाले समेट्न नसकेका मनोसामाजिक समस्याका ११ प्रकारका औषधि समेत निःशुल्क वितरण गर्ने छ । यूएनएचसीआरको सहयोगमा नगरका १५ जनालाई ग्रामिणस्तरको कार्यकर्ताका रुपमा काम गर्न तथा अन्य १६ जना स्वास्थ्य क्षेत्रमा कार्यरतलाई मनोसामाजिक विमर्श सम्वन्धी तालिम समेत प्रदान भएको थियो । 

अपाङ्गता परिचयपत्र थ ...

पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगरबाट वितरित भइरहेक ...

मनाङ बूढासुब्बा गोल् ...

धरान । काठमाडौंको मनाङ मस्र्याङ्ग्दी क्लब धरानमा जारी २ ...

जिर्ण ओमकारेश्वर मन् ...

मधुमल्ला । दक्षिणी इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ ...

बिर्तामोडमा वि–टाउन ...

झापा । झापाको बिर्तामोडमा बुधबारबाट वि–टाउन जुम्व ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved