लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी (जीरे खुर्सानी) ।

वरपर गुट्टी माझमा घ्वाईं, यति कथा नजान्ने स्यालको ज्वाईं के हो? (दाँत र जिब्रो) ।

वारि भ¥याङ पारि भ¥याङ तेरो बाउको लुते करङ । (बाँसको फड्के (पूल)।

सेती गाई पानी खान गई फर्केर आउँदा राती भई । (सेलरोटी पकाएको )।

सेतो मान्द्रो कालो बिस्कुन मुखबाट तान्दा नाकबाट निस्कुन् (चुरोट खाएको)।

लाटोले बाटोमा फाल्छ, बाठोले खल्तीमा हाल्छ के हो? (रुमालले सिँगान पुछेको) ।

तामे नल फलामे फल के हो? (फापर )

चाँदीको ठेकीमा स्याउलाको बिर्काे (मूला)

आफू छ काली, नाम भने राती (रात, राति)

महिनाभरि झुन्डिएर बस्छ, फेरिएपछि अनुहार फेर्छ, के हो? (भित्ते पात्रो) ।

जति तान्यो त्यति छोटो हुने, के हो ? (चुरोट )