काठमाडौं / प्रतिनिधिसभाको सभामुखमा नेकपाको स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुख हुन बाटो खुलेको छ ।
सभामुखको एकल उम्मेदवार सापकोटाविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालले हेर्न नमिल्ने भएर आइतबारको सुनुवाइ स्थगित भएपछि सापकोटा आज सभामुख बन्दैं छन् ।

सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हालेका रिटमा सर्वोच्चका न्यायाधीस फुँयालले हेर्न नमिल्ने भएपछि दायर गरेको रिटमा अब अर्को पेशी तोकिने छ । पेसी लिनु अगाडी नै उनी सभामुख भइसेका हुने छन् ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुअघि कानुन व्यवसायीका रूपमा बहस गरेकाले हरी फुँयालले मुद्दा हेर्न नमिल्ने भए पछि पेसी सारिएको हो ।

सापकोटाविरुद्ध द्वन्‍द्वकालमा काभ्रेको दाप्चाको अर्जुन लामाको हत्या आरोपको मुद्धा सवोच्व अदालतमा विचाराधीन रहेको थियो ।

आज ३ बजे सभामुख निर्वाचनको लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासमा जेल परेपछि करिब ४ महिनादेखि सभामुख पद रिक्त रहेको थियो । उपसभामुखलाईसमेत राजीनामा गराएर नयाँ सभामुख छान्न लागिएको हो ।