धरान धरानस्थित केन्द्रिय प्रविधी क्याम्पस हात्तिसारमा आइतबार अगार आर्ट कन्टेस्ट २०२० सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन निमित्त क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बुले अगार मिडियामा स्ट्रिकिङ गरेर गरेका थिए । कन्टेस्टमा जम्मा २४ जना स्नातक तथा स्नात्तकोत्तर माइक्रोबायोलोजीका बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
“अगार आर्टमा बिभिन्न कल्चर मिडियाहरु (ब्याक्टेरियाको लागि खाना) लाई कपिको रुपमा प्रयोग गर्ने र ब्याक्टेरियालाइ रंगको रुपमा प्रयोग गर्ने गरिन्छ” उप प्राध्यापक हेमन्त खनाल भने । अगार आर्ट कन्टेस्टका बिजेताहरुलाई बिभागले पुरस्कृत गर्ने र क्याम्पसद्धारा आयोजना हुन गइ रहेको एक्स्पोमा समेत आर्ट प्रस्तुत गरिने कार्यक्रम संयोजक शिक्षण सहायक कामना बान्तावाले बताइन् ।