काठमाडौं । हिजो नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज  राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थितमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट सपथ लिएका हुन । प्रतिनिधिसभा ४ महिना देखि सभामुखविहीन थियो । उनले सपथ लिएसँगै अव प्रतिनिधिसभा बैठक नियमित हुने छ ।