धनकुटा / धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न. ४ तेलियास्थित निरौला डाँडाबाट अवैध रुपमा सल्लो काटेको अभियोग लागेका ३ जना निर्दोष रहेको भन्दै स्थानियले मंगलवार डिविजन वन कार्यालय धनकुटामा घराउ गरेका छन् ।
उनीहरुले सो क्षेत्रमा काठ काट्ने मुख्य योजनाकार स्थानीय नारायण गिरी रहेको दावी गरेका छन् । उनीहरुले काम विगार्ने नारयण गिरीलाई पक्राउ नगरी निर्दोष व्याक्तिहरुको नाममा गलत मुचुल्का उठाएर पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्नु ठूलो अन्याय भएको वताएका छन् ।
छथरजोरपार्टी गाउँपालिकाको अध्यक्ष शेरवहादुर लिम्वु र न्यायिक समितिका संयोजक एवं उपाध्यक्ष भीमकला श्रेष्ठको अगुवाईमा आएका ४५ जना भन्दा वढी स्थानियले अवैध रुपमा सल्ला काटिएको विषयमा डिभिजन वन कार्यालवाट गएको टोलीले स्थलगत मुचुल्का उठाउँदा गलत जानकारी लिएको दावी गरेका छन् । छथरजोरपाटी गाउँपालकाका उपाध्यक्ष भिमकला श्रेष्ठले आफ्नो गाउँको समस्या गाउँपालिकामा नआई कसरी जिल्लामा आयो भन्दै प्रश्न गरेका थिए ।
पाध्यक्ष श्रेष्ठले गाउँपालिकामा न्यायिक समिति छ, न्यायिक समितिको क्षेत्रधिकार भित्र परे नपरे पनि तर हालसम्म यस विषयमा कोही कसैवाट जानकारी समेत नदिएको भन्दै गुनासो गरिन । अध्यक्ष शेरवहादुर लिम्वुले पनि सल्ला काटिएको विषयमा सत्य तत्थ्य पत्ता लगाएर दोषी उपर कडाईका साथ कार्वाहीको दायरा ल्याउन डिभिजन वन अधिकृत युवराज मास्केलाई आग्रह गरेका छन् ।
अवैध रुपमा काठ तस्करी गरेको भन्दै अदालतले जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नं.४ तेलिया घर भएका अन्दाजी वर्ष ३५ का गंगावहादुर अधिकारी, वर्ष २८ का प्रेम लिम्वु, वर्ष १७ सन्तु भनिने सितल लिम्वु चोङ्गवाङ्गलाई र मोरङ्ग जिल्लाको रंगेली घर भएका बाचस्पती निरौलालाई वारेण्ट जारी गरेको थियो । वारेण्ट जारी भएको थाहा पाएपछि गंगावहादुर अधिकारी, प्रेम लिम्वु र सन्तु भनिने सितल लिम्वु चोङ्गवाङ्ग भने आईतवार डिभिजन वन कार्यालय धनकुटामा आएर आफै हाजिर भएका थिए । अर्का अदालतको वारेण्टमा परेका मोरङ्गको रंगेली घर भएका बाचस्पती निरौलालाई पनि पक्राउ पुर्जी जारी भैसकेको डिभिजन वन अधिकृत मास्केले वताए ।
पक्राउ परेका सितल लिम्वुका दाजु प्रिथ लिम्वुले आफ्नो भाई निर्दोष रहेको वताए । उनले आफ्नो भाई काठ काट्ने कामममा संलग्न नरहेको वताए । उनले मजदुरले कोही कसैको काम गर्दा २ पैसा आउँछ भने उस्को लागी वाध्यता हुने वताए । अर्का पक्राउ परेका गंगावहादुर अधिकारीकी धर्मपत्नी युगमाया कट्वाल अधिकारीले रुख काट्नेलाई पक्राउ गर्नु पर्नेमा संलग्न नै नभएको व्याक्तिलाई पक्राउ गरेको भन्दै आपत्ति जनाए । उनले जस्ले रुख काट्न आदेश दियो उसैले उल्टै वन कार्यालयवाट कर्मचारी मुचुल्का उठाउन जाँदा आफु जोगिनलाई नारायण गिरीले गलत व्याक्तिको नाम टिपाएको आरोप लगाए ।
सरकारी र ऐलानी जग्गामा काटिएको ४३ वटा खोटेसल्ला जातका रुखहरु ढुवानी गर्न लागेको अवस्थामा २ सय ५ थान गोलिया काठहरु डिभिजन वन कार्यालय धनकुटाले वरामद गरेको थियो । अनुशन्धानको क्रममा सो काठ नापजाँच गर्दा १ हजार ४५ क्यु फिटभन्दा बढी रहेको छ । डिभिजन वन अधिकृत युवराज मास्केले हाल हिरासतमा लिईएकाहरुको आवश्याक अनुन्शधान भैरहेको छ, अनुशन्धान पछि के परिणाम आउँछ, त्यसलाई टेकेर अदालतले फैसला गर्ने वताए । उनले रुख काट्न अनुमती दिने बाचस्पती निरौला र रुख काट्ने कार्यमा संलग्न भनिएका नारयण गिरीलाई पनि अनुशन्धानको क्रममा प्रमाणित भए कार्वाही हुने वताएका छन् । तर उनले मुजुल्कामा नारयण गिरीको नाम नरहेको दावी गरे ।
अदालतमा म्याद थप गरिएका तिनै जनालाई मंगलवार वयान लिएको अनुसन्धान अधिकृत यादवले वताएका छन् । यादवले दोषीमाथि कानुन वमोजिम आवश्याक छानबिन गरी कारबाही गरिने बताए । तेलियावासी स्थानियले डिभिजन वन कार्यालय घेराउ गरेपछि सुरक्षाको लागी प्रहरी समेत परिचालन गरिएको थियो ।