सिरहा/ सिरहामा सरस्वती पूजाका लागि मूर्ति तयारी गर्नमा मूर्तिकार सरोज पण्डित व्यस्त रहेका छन् । सरस्वती पूजाका लागि सिरहासहित र प्रदेश नं.२ का जिल्लाहरूमा मूर्तिकार यति बेला मूर्ति बनाउन व्यस्त भएका छन् । यस वर्ष माघ १६ गते सरस्वती पूजाको तिथि छ ।

ग्राहकको अर्डरअनुसार २ हजार देखि २५०० सम्मको मूर्ति बनाउन व्यस्त सिरहा जिल्ला धनगढीमाई नगरपालिका वडा नंं.७ (कसहा)मा रहेका मूर्ति कलाकार सरोज पण्डित भन्छन्, ‘अहिले प्रारम्भिक काम हुँदैछ । मूर्ति तयार हुन अझ २ दिन लाग्छ ।

प्रचार प्रसारका लागि केही मूर्ति तयार पार्न लागिएको उनले बताए । ‘भाग्य ठीक भए दुई देखि ३ लाख आम्दानी भइहाल्छ । अहिले सिरहा जिल्लको विभिन्न ठाउँहरूमा सरस्वतीको मूर्ति बनाउन कलाकार व्यस्त छन् । माटो र परालबाट बनाइएका सरस्वती मूर्ति विद्यार्थी तथा विद्यालयले सरस्वती पूजाका अवसरमा आयोजना गर्ने पूजामा प्रयोग हुन्छन् ।