भण्टाबारी / सुनसरी रामधुनी नगरपालिकास्थित तित्रिबनमा भएको भयानाक दुर्घटनामा मर्नेको संख्या चार पुगेको छ ।  झापाबाट काठमाडौं हिडेको बा ५ ख ३१५७ नम्बरको हाइस र पोखराबाट पूर्व आएको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इनरुवाले जनाएको छ ।
दुर्घटनामा झापा धरमपुरकी १८ बर्षीय गरिमा गौतम, भद्रपुर घर भई काठमाण्डौ बस्ने हेमराज कोईराला, उनकी पत्नी डोलमाया कोइराला,हाइस चालक दिपक खड्काको मृत्यु भएको छ । गरिमाको धरानमा उपचारको क्रममा मृत्यु भएको छ । भने अन्यको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धरमपुर–९ का होमबहादुर कार्की, इटहरी–४ की कमला तामाङ र भद्रपुर घर भई भूमी सुधार मन्त्रालयका लेखा अधिकृत टंकप्रसाद काफ्ललेको धरानस्थिथत वीपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठानमा उपचार भइरहेको छ । होमबहादुर कार्की र टंकप्रसाद काफ्ललेको अवस्था गम्भीर रहेको प्रतिष्ठान प्रहरी पोष्टका सई दुर्गा पराजुलीले जानकारी दिए । उनीहरुको तत्काल टाउकोको शल्यक्रिया गर्नु पर्ने भएकाले । शल्यक्रिया गर्ने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।
बस र साइसका सबै यात्रा घाइते भएको बताइएको छ । केही भने उपचार पछि घर फर्किएका छन् । अन्य घाइतेको इनरुवा, इटहरी र विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

accident 2