धरान / कार्यगत अनुसन्धान मेन्टोरिङ स्किम सुनसरी समुहको संयुक्त आयोजनामा माघ २५ गते अन्वेषणात्मक कार्यगत अनुसन्धान सम्मेलन हुने भएको छ ।
इटहरीस्थित बिश्व आदर्श स्कुलको सभाहलमा गरिने सम्मेलनमा बिद्यालय तथा बिश्वबिध्यालयका शिक्षकहरुले काम गर्दागर्दै आइपर्ने सिकाइ समस्याहरु अन्वेषण गरि कसरी शिक्षण सिकाइमा सुधार ल्याउन सकिन्छ भन्नेबारे छलफल हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रदेश १ भरिका १५० शिक्षकरुको सहभगिता रहनेछ। उक्त सम्मेलनमा शैक्षिक तालिम केन्द्र सुनसरीका प्रमुख , इटहरी शिक्षा महशाखा प्रमुख, धरान शिक्षा महाशाखा प्रतिनिधि तथा विभिन्न बिद्यलय र क्याम्पसका प्रधानाध्यापक र प्रमुखको सहभागीता हुने छ ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका डा. रामजी तिमल्सिना र नेल्टा प्रदेश एकका अध्यक्ष नरप्रसाद भण्डारीको कार्यगतर शिक्षक अनुसन्धानमा बिशेष प्रस्तुती रहने शिक्षक गोविन्द पुरीले जानकारी दिए ।
सम्मेलनको आकर्षण भने बृटिश काउन्सिलको ६ महिने लामो कार्यगत अनुसन्धान मेन्टोरिङ स्किमका मेन्टोर गोबिन्द पुरी को अन्वेषणात्मक कार्यगत अनुसन्धान र मेन्टोरिङ अनुभब बिषयमाथिको प्रस्तुतीकरण रहने बताइएको छ ।
मेन्टोरिङ स्किम अन्तर्गत गरिएको कार्यगत अनुसन्धानहरुको विभिन्न १० शिक्षक अनुसन्धानकर्ताबाट प्रस्तुती रहने छ। सम्मेलनको अर्को आकर्षण सरकारी प्रतिनिधि, बिषयबिज्ञ तथा अनुसन्धानकर्ताहरु बिच कार्यगत अनुसन्धानको दृष्टिकाेण, मुद्दा र अभ्यासहरु माथी सामुहिक छलफल रहने पुरीले जानकारी दिए ।