धरान / धरानलाई कम्युनिष्टको गड मानिन्थ्यो । २०४६ सालको जनआन्दोल पछिको निर्वाचनमा धरानमा बामपन्थीहरुले मात्र जित्दैं आएको थियो । तर धरानमा गत मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका धरान नगर सभापति तिलक राईले ‘लाल किल्ला’ भत्काए पछि नेपाली काङ्ग्रेसमा उनको हाई हाई भएको छ । देशभर ओरालो लागेको काङ्ग्रेसको साख धरानले जोगाएको भन्दैं आज दर्जन भन्दा बढि केन्द्रीय नेताहरुको उपस्थितिमा नगर कमिटी धरानलाई धन्यवाद दिए ।
‘किल्ला’ तोड्न हिक्मत गर्ने तिलक राईलाई पार्टीले औपचारिक बधाई समेत थियो । धन्यवाद ज्ञापन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंसाक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की, भिष्मराज आङदेम्बे, मीन विश्वकर्मालगायत नेता उपस्थित थिए । जिल्लाहरुका सभापति, स्थानीय तहका मेयरहरुकोसमेत बाक्लो उपस्थिति रहेको थियो । ६१ बर्ष पछि धरानमा काङ्ग्रेस आगमन भएको खुशीयालीमा खुशी बाढ्न आज नेताहरु धरानमा जम्मा भएका हुन ।
धन्यवाद सभामा सभापति देउवाले नगर काङ्ग्रेसलाई धन्यवादसँगै सरकारलाई गाली गर्न समेत भ्याए । देशमा जनताको वलमा काङ्ग्रेसको आन्दोलनबाट प्राप्त गरिएको प्रजातान्त्र संकटमा परेको बताए । वर्तमान केपी ओलीको कम्युनिस्ट सरकारको रवैयाले काङ्ग्रेसले दुख गरेर ल्याएको प्रजातान्त्रिक व्यस्यस्थानै संकटमा परेको समेत आरोप लगाए ।