लक्ष्मीमार्ग/ मोरङको बेलबारी–८ को रणपाल आधारभूत विद्यालयका शिक्षक पदम विष्ट विद्यालय आउँदा श्रीमती अस्मिता विष्टको साहरामा विद्यालय आँउछन् । विष्ट शारीरिक असक्त भएको कारण उनलाई ह्वील चेयरमा विद्यालयसम्म ल्याउने लाने काममा उनकी श्रमिती अस्मिताको भूमिका महŒवपूर्ण छ ।

उनको दैनिकी नै विगत दुई वर्षदेखि श्रीमान्लाई बिद्यालयसम्म ह्वील चेयरमा ल्याउने तथा लैजाने मात्रै नभई दिउँसो शौचालयमा लैजान समेत आउने गरेकी छिन् । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा राहत कोटामा विष्ट कार्यरत छन् । उक्त विद्यालयका पदमबहादुर विगत २ वर्षदेखि ह्वील चेयरमा बसेर पढाइरहेका छन् ।

खुट्टामा समस्या भएका कारण २ वर्षदेखि यसरी नै पठनपाठन गराइरहेको उनले सुनाए । ‘उपचार गराउनका लागि बैङ्लोरसम्म पुगेको भए पनि रोग पत्तो नलागेको उनी सुनाउँछन् । कहिलेकाहीँ हिँड्न खोज्यो भने लडेर त्यहीँ बेहोस हुन्छु । अहिले हिँड्न त सोच्नु पनि हँुदैन ।’ विद्यार्थीलाई पढाउन कक्षामा जाँदा समेत विद्यार्थीको सहयोग लिनु परिरहेको विष्ट बताउँछन् ।

‘घण्टी बजेपछि उनले पढाउने कोठामा सम्म पनि विद्यार्थीले लैजाने गरेका छन् । सरलाई कक्षा कोठासम्म ल्याउन म जहिल्यै जान्छु’, बिद्यार्थी प्रशान्त आचार्यले भने, ‘अनि निस्कँदा पनि अरू कोठामा पु¥यादिन्छु ।’ उनलाई विद्यालय ल्याउन र विद्यालयबाट घर लैजाने काम भने श्रीमतीले गर्ने गरेकी छिन् । उनका एक छोरा र एक छोरी रहेका छन् । उनीहरू पनि त्यही विद्यालयमा पढ्ने गरेका छन् ।

उनको घरबाट विद्यालय आउने बाटो कच्ची भएकाले विद्यालय आउँदाजाँदा थप समस्या हुने गरेको उनले बताए । आफू १५÷१६ वर्षको हुँदादेखि खुट्टामा समस्या आएको र विगत २ वर्षदेखि भने थप समस्या झेल्नुपरेको उनले बताए । पहिले ह्वीलचेयरमै विद्यालयसम्म आए पनि कक्षाकोठासम्म भने उनी हिँडेरै जाने गरेका थिए । उक्त विद्यालयमा उनी राहत कोटामा कार्यरत छन् । सरकारले स्थायी गरिदिए हुन्थ्यो भन्ने आशा पालेर बिष्ट बसिरहेका छन् । पाठ्यक्रम परिवर्तन भइरहने तर विभिन्न तालिम तथा अन्तरक्रिया कार्यक्रममा जान नसक्दा धेरै मिहिनेत गर्नुपरेको उनको भनाइ छ ।

उनी कक्षा ६ र ७ मा गणित तथा कक्षा ८ मा गणित र विज्ञान विषय गरी ४ घण्टी पढाउँछन् । सामान्य परिवारका विष्टका लागि विद्यालय आउजाउ गर्न विद्यतीय ह्वील चेयर किन्नका लागि आर्थिक सहयोग जुट्न थालेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी १ लाख १३ हजार ७ सय ३३ रुपैयाँ हस्तान्तरण गरिएको छ ।