धरान / धरान–१६ स्थित नवाेदय विद्यालयबाट कक्षा १० पुरा गर्ने विद्यार्थीहरुलाई विदाई गरिएको छ । उनीहरु यो बर्ष एसइईमा सहभागी हुने विद्यार्थी हुन ।

उनीहरुलाई पूर्वाञ्चल इन्जिनियर क्यापसका पूर्व क्याम्पस प्रमुख काजीराम कार्की र विद्यालयका सहायक प्रधानाध्यापक प्रदीप घिमिरेले विदाई गरे । विदाई कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । विद्यार्थीहरुले नृत्य , गीत तथा विभिन्न क्रियाकलापले भरपुर मनोरञ्जन दिलाएका थिए ।
प्रमुख अतिथि कार्कीले भविष्यमा राम्रो अध्ययन गरेर जिम्मेवार पूर्ण ढङ्गबाट अगि बढ्न सुझाए । विद्यालयका शिक्षकहरुले एसइइृमा राम्रो अंक ल्याएर उच्च शिक्षाको यात्रामा अघि बढ्न शुभकामना दिएका थिए ।